प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा , भोलि पुन बहस हुने

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको थियो ।

आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका हुन ।उक्त बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकारी नभएको तर्क गरेका हुन् । निवेदक देव गुरुङ, कृष्णभक्त गुरुङ, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट थापाले बहस गरेका हुन् ।