प्रधानमन्त्री ओली विरुद्ध अपहेलना मुद्धा दर्ता

काठमाडौँ ।  प्रधानमन्त्री ओली विरुद्ध दुई अधिवक्ताले अपहेलना मुद्धा दर्ता गरेका छन् ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओली विरुद्ध अपहेलना मुद्धा दर्ता गरेका छन् । ओलीले गत केहि दिन अगि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाइ लक्षित गर्दै एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउनु भन्ने टिप्पणी गरेक थिए। कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो। साथै माघ ९ गते  कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्धअधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा  अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मुद्धा हालेका हुन् ।