कांग्रेस केन्द्रीय समिति बैठकः संसद विघटनविरुद्ध थप आन्दोलन घाेषणा गर्ला ?

काठमाडाैं ।नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अहिले बस्दै छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा संसद विघटनविरुद्धको थप आन्दोलनबारे छलफल हुने बताइएकाे छ । कांग्रेसमा पनि आन्दोलनका विषयमा दुइ किसिमकाे धारणा रहँदै आएकाे छ । विशेष गरी देउवा इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरु पार्टीले आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा देखिएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध केही दिन यता आन्दोलन गर्दै आए पनि फेरि आन्दोलन घाेषणा गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमल हुँदै आएकाे छ । सभापति शेरबहादुर देउवा संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अदालतकाे निर्णयलाई पनि पर्खनुपर्ने पक्षमा देखिएका छन् ।बैठकबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न सभापति देउवालाई दवाव दिने भएकाे छन्।