प्रतिनिधि सभा विघटनविरूद्धका रिटमा सुनुवाइ सुरु, शम्भु थापा बहसमा

काठमाडौँ प्रतिनिधि सभा विघटनविरूद्धका रिटमा आजको सुनुवाइ सुरु भएको छ ।

आज देव गुरुङको निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा बहस गर्न थालेका छन् । हिजोकै बहसको निरन्तरताका रूपमा थापा बोल्न थालेका हुन् । अघिल्लो साताको आइतबारदेखि मूल विवादमा बहस निरन्तर भइरहेको छ । करिब तीन सय वकिलले वकालतनामा लेखाएका छन् । नयाँ वकालतनामालाई भने इजसालले स्वीकार नगर्ने भएको छ ।