प्रतिनिधिसभा विघटनको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि मंगलबार पुनः बहस हुने

काठमाडौँ प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आजको सुनुवाई हेर्दाहेर्दै मंगलबारका लागि तय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको थियो ।