प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति प्रतिपक्ष दल नेपाली कांग्रेसको आपत्ती

 

काठमाडौँ प्रतिनिधिसभा विघटनका विपक्षमा बोल्नेहरु देशविरोधी भन्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति प्रतिपक्ष दल नेपाली कांग्रेसले आपती जनाएको छ ।

प्रधानमन्त्री ओलीको सांसद विघटन असम्वैधानिक , अलोकतान्त्रिक भएको प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ । प्रतिनिधिसभा विघटनको मुद्धा अदालतमा बहसलाई स्वतन्त्र विवेकलाई कुण्ठित गर्न खोजेको विज्ञप्तीमा उल्लेख गरेको छ । ओलीले आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति भएको विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तीमा कुनै पनि पेसाकर्मी, समाज वा समुदायलाई लक्षित गरी अपमानित ढंगले अभिव्यक्ति नदिन पनि कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेकाे  छ भने जिम्मेवार हुन अपिल गरेको छ ।