नेकपा बिभाजनकाे तरङ्ग : प्रदेश २का संसदीय दलका मण्डललाई दलको नेताबाट हटाउने तयारी

नेकपा प्रचण्ड(माधव नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।स्थायी कमिटी सदस्यसमेत रहेका नेता मण्डल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेपछि प्रचण्ड–नेपाल समूहले उनलाई हटाउन लागेका हुन् । शुक्रवार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य शत्रुध्न महतोले मण्डलमाथि दलका उपनेता रामकुमार यादवले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको र आइतवार हुने दलको बैठकमा बहुमत सांसदको प्रस्ताव अनुसार हटाइने जानकारी दिए ।

प्रदेशसभामा पूर्वमाओवादीका ११ र एमालेका २१ जना गरी ३२ जना सांसद छन् । जसमध्ये १९ जना आफूहरुको पक्षमा रहेको महतोको दावी छ । पुर्व माओवादीमध्येबाट दिलिप साह र पूर्वएमालेबाट लगनलाल चौधरी र अनिता यादव खुल्न सकेकी छैनन् ।