काठमाडौं मेडिकल कलेजद्वारा भिसमेनगोलामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भिसमेनगोलामा निःश्ल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कामनपा वडा नं। ३१ स्थित भ्याली भ्यू स्कुलसँगको सहकार्यमा सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा ३९२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा स्कुलका विद्यार्थी, शिक्षक र कर्मचारीहरुको स्वाथ्य परीक्षण गरिएको जनरल मेनेजर दाहालले जनाए ।

शिविरमा डेण्टल, मेडिसिन, आँखा विभागबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको कार्यकारी अध्यक्ष सोयना शर्माले बताइन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा। सुनिल कुमार शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनस्तरमै पुर्याउने अभियान चलाउँदै निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए ।