लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ
प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङलगायत जिल्लाबाट अवैध लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट एक, कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट एक, जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट एक, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट एक जना पक्राउ परेका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ बडैपुरबाट एक, पुनर्वास नगरपालिका-४ घगाउँबाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका-५ बाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१६ बाट पाँच, झापाको भद्रपुर नगरपालिका-८ बाट दुई, कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट एक, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट एक जना अवैध लागुऔषसहित पक्राउ परेका छन्।
मोरङको कानेपोखरी गाउँपालिका-६ नमूनाटोलबाट एक, महोत्तरीको बर्दिवास नगरपालिका-१ बाट एक, सुनसरीको धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट दुई र बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढीबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
हात्तीको दाह्रासहित पाँच जना पक्राउ
लागुऔषधसहित ३२ जना पक्राउ
राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
३६ वर्ष जेठा श्रीमान्को ढुङ्गा प्रहार गरी हत्या, श्रीमतीसहित तीन पक्राउ
भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाईन्स कर्मचारी त्रिभुवन अन्तर्राष्ट्र…
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
प्रतिक्रिया