कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्याउनै कठिन
कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्याउनै कठिन छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ।
सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ। उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए।
चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ। कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ। कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिए। कर्णालीका जिल्लाहरुमा प्रतिपोका नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ।
ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको उनले बताए। डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच क्वीन्टल कोटामध्ये हालसम्म एक हजार एकसय क्वीन्टल नुन ढुवानी भइसकेको छ। जुफाल डिपोमा पाँच सयमध्ये तीन सय क्वीन्टल, काइगाउँमा तीन सय कोटामध्ये हालसम्म नुन पुर्याइएको छैन। ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ। त्रिपरासुन्दरीको लिकुमा तीनसय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिए।
मुडकेचुलाको सर्मीमा तीन सय क्वीन्टलमा सबै नुन पुगेको उनको भनाइ छ। तिन्जेमा एक हजार आठ क्वीन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पुर्याउन सकेको छैन।
प्रतिक्रिया