विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि


विशिष्ठ गुणस्तर, स्वाद र स्वस्थवद्र्धक नेपाली वस्तुहरुलाई विश्व बजारमा पहुँच वृद्धि गर्ने उद्देश्यले १२ वटा उद्यमका प्रतिनिधिसहित ३२ जनाको सहभागितामा दुबईमा नोभेम्बर १८ (बि.सं. २०८१ मंसिर ३ गते) “Middle East Organic and Natural Products Expo Dubai – 24" आयोजित नेपाल पेभेलियनको दुवइका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री ज्यूकोे समउपस्थितिमा उदघाटन भएको छ । उदघाटन कार्यक्रममा ने.उ.वा. महासंघका उपाध्यक्ष श्री हेमराज ढकाल ज्यू, ने.उ.वा. वाणिज्य महासंघ / कृषि उद्यम केन्द्रका उपसभापति श्री डि.बी. बस्नेत ज्यू लगायत महासंघका केन्द्रिय सदस्यहरु श्री कमला श्रेष्ठ, श्री नरेश लाल श्रेष्ठ एवं श्री दिपक नेपाल लगायत ३२ जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।  

नोभेम्बर १८ देखि २० सम्म (बि.सं. २०८१ मंसिर ३ देखि ५ गते सम्म) तीन दिन सम्म चल्ने मेला स्थानीय समय अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दुबईको व्यवासयिक केन्द्र Dubai World Trade Center (DWTC)  मा आयोजना भइरहेको छ ।   युनाइटेड अरब इमिरेटका महामहिम (H.E. Butti Saeed Al Ghandi, Vice-Chairman of the Dubai World Trade Centre) ज्यूले नेपाल पेभेलियन अवलोकन गरी नेपाली उत्पादनहरुको बारेमा जानकारी लिनुभएको थियो । साथै मेला उदघाटनको पहिलो दिनमा नै नेपाल पेभिलियनमा भिजिटरहरुको उच्च सहभागिता रहेको नेपाली उत्पादनहरुमा विशेष चासो रहेको देख्न सकिन्छ छ ।
 

Middle East Organic and Natural Products Expo विगत २२ वर्षदेखि अर्गानिक तथा प्राकृतिक उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि आयोजना गरिने व्यापार मेला हो । यस मेलाले विश्वस्तरमा अर्गानीक तथा प्राकृतिक उत्पादनहरुको आपूर्तिकर्ताहरूलाई त्यसका खरिदकर्ताहरूसँग सम्पर्क विस्तार गर्ने कार्यमा सहयोग गर्ने गर्दछ । मेलामा खाद्य र पेय पदार्थ, स्वास्थ्य, सौन्दर्य, जीवन र वातावरणसँग सम्बन्धित वस्तुहरु प्रर्दशनी हुनेछन् । मेलामा संसाभरीका उद्यमी, बिक्रेता, खरिदकर्ताहरु सहभागि भएका छन् । साथै उक्त मेलामा यसपाली खाडीलगायत अन्य क्षेत्रका १० हजार भन्दा बढी B2B आयातकर्ता, पुनः आयातकर्ता, खुद्रा बिक्रेता, वितरक, थोक बिक्रेता साथै ३५ हजार बढी अरेबियन अर्गानिकका खरिदकर्ता सहभागी हुने अपेक्षा रहेको छ । हाल मध्यपूर्व विश्वकै व्यवसायिक केन्द्रको रुपमा विकास भईरहेकोले समग्र क्षेत्रका लागि यो मेला अत्यन्तै महत्वपूर्ण रहेको छ ।

नेपाल विविधतायुक्त भौगोलिक अवस्थिति र हावापानी भएको मुलुक हो । पूर्वदेखि पश्चिमसम्मको विविधतायुक्त भौगोलिक अवस्थिति र त्यसबाट प्राप्त हुने हावापानीका कारणले नेपालमा विशिष्ठ खालका अर्गानिक तथा प्राकृतिक कृषि उत्पादन हुने गर्दछन् । विशिष्ठ स्वाद, शुद्ध र ताजा कृषि उत्पादन तथा यसबाट तयार भएका उपभोग्य नेपाली उत्पादनहरु विश्व बजारमा रुचाईएका छन् । तथापी प्रचारप्रसार र प्रवद्र्धनको खाँचो भने कायमै छ ।
ने
नेपालबाट अलैँची, चिया, कफि, जडिबुटी, मह, डेरी, हस्तकला तथा रुद्राक्षसँग सम्बन्धित उद्यमीहरु मोलामा सहभागि हुनेछन् । 
मेलामा नेपाल पेभेलियन अन्तर्गत १० वटा स्टलहरु FAO को सहयोगमा बुकिङ्ग भएका छन् भने आवश्यक व्यवस्थापन तथा समन्वय ने.उ.वा. महासंघ/कृषि उद्यम केन्द्रको नेतृत्वमा भईरहेको छ । नेपालबाट नेपाल पेभेलियन अन्तर्गत अलैँची, चिया, कफि, जडिबुटी, सौन्दर्य सामाग्री, टिमुर, लप्सी क्यान्डी, मह, डेरी, हस्तकला, सुगन्धित तेल, रुद्राक्ष लगायतका वस्तुहरु प्रदर्शनी गरिनेछ भने विभिन्न सम्भाव्य खरिदकर्ताहरुसँग B2B Meeting गरि नेपाली वस्तु विश्व बजारमा बजारीकरणका लागि प्रयास भइरहेको छ । यसका साथै आयोजकले प्रदान गर्ने अनलाईन प्लेटफर्ममा नेपाली वस्तु बजारीकरणका लागि स्थान पाएका छन् ।  

नेपाल उद्योग वाणिणज्य महासंघ/कृषि उद्यम केन्द्रको नेतृत्वमा उद्यमीहरुले यस मेलामार्फत आफ्ना गुणस्तरीय अर्गानिक तथा प्राकृतिक वस्तुहरु विश्व बजारमा प्रवेश गराउन सफल हुने विश्वास गरिएको छ । मेला समापन गरेर मंसिर ९ गते नेपाली टोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।