जग्गा व्यवसायी लामामाथि ‘सुपारी’ लिएर आक्रमणको निष्कर्ष : पारिवारिक समस्या कारण ?
लाजिम्पाटमा नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आपराधिक समूहले ‘सुपारी’ लिएर आक्रमण गरेको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा गएको कात्तिक ११ गते विक्रममाथि चारजनाको समूहले अन्धाधुन्ध रड प्रहार गरेको थियो । घटनामा संलग्न चारमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
घटनालगत्तै परिसरको विशेष टोलीले नुवाकोटका शैलेन्द्र भनिने मार्सल तामाङलाई पक्राउ गरेको थियो । गएको कात्तिक २९ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाबाट गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई पक्राउ गरेको छ ।
रड प्रहारका मुख्य योजनाकार भनिएका नुवाकोटकै अजय तामाङ र गोरखाका दीपक बरामु अझै फरार छन् । उनीहरू पनि झापा पुगेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । उनीहरूले झापामा फ्ल्याट नै भाडामा लिएर बसेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरूले फ्ल्याट ‘सेटअप’का निम्ति समेत लाखौँ रुपैयाँ खर्च गरेको देखिएको छ । आरोपित विक्रम र पीडक अजय दुवै नुवाकोटका हुन् । अजयले तीन साथीलाई प्रलोभनमा पारेर विक्रममाथि आक्रमण गर्न लगाएका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
प्रतिक्रिया