सरकारले सार्वजनिक बिदा दिएपछि काममा हिँडेका कर्मचारीहरु एक्कासी फिल्म हेर्न हिँडे!

काठमाडौँ । सरकारले सोमबार सार्वजनिक बिदा दिएपछि काममा हिँडेका कर्मचारीहरु फिल्म हेर्न हिँडेको पाइएको छ । कार्यालय समय हुन लाग्दा एक्कासी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि काममा हिँडेका कर्मचारीहरु फिल्म हेर्न हिँडेको पाइएको हो ।

काममा हिँडेका अधिकांश कर्मचारी फिल्म हलतिर लागेपछि सोमबार बिहान फिल्म हलमा टिकट बिक्रीसमेत बढेको छ ।सरकारले सोमबार सार्वजनिक बिदा दिएपछि काममा हिँडेका कर्मचारीहरु फिल्म हेर्न हिँडेको पाइएको छ ।‘अहिले एक्कासी फिल्मको टिकट बिक्री बढेको छ ।’, काठमाडौँको एक सिनेमा हलका सञ्चालकले भने, ‘अनलाइमार्फत टिकट काट्नेहरु पनि एक्कासी बढेका छन् । हलमै आएर टिकट सोध्ने र लिनेहरु पनि बढेका छन् । यसरी आउनेहरुमा अधिकांश सरकारी कर्मचारीहरु हुनुहन्छ । कर्मचारीहरु आउने क्रम झनै बढेको छ ।’

यता कर्मचारीहरुले पनि कार्यालयमा पुगेपछि सार्वजनिक बिदाको निर्णय हुँदा घर गएर त्यसै बस्नुभन्दा फिल्म हेर्न जाऔँ भन्ने सल्लाह अनुसार फिल्म हेर्न हिँडेको बताएका छन् । कतिपयले बिदाको सदुपयोग भन्दै फिल्म हलमा पुगेको र टिकट लिएको फोटोसमेत सामाजिक सञ्जालमा हालेका छन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जुन निर्णय ढिलोगरी हुँदा सोमबार केही कर्मचारी कार्यालय पुगेर फर्किएका छन् भने केही कर्मचारी आधा बाटोबाटै फर्किएका छन् ।