गुन्डा नाइके लामा पक्राउ
काभ्रेको तेमाल घर भएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् ।
चेक बाउन्स मुद्दामा २ वर्ष कैदसहित ३० लाख बिगो र ३० लाख जरिवाना सजाय फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।
२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । त्यसबेला तत्कालीन सांसद नवीना लामा उनलाई छुटाउन गएपछि विवादसमेत भएको थियो ।
प्रतिक्रिया