नेसन्स लिग : फ्रान्ससँग इटाली ३–१ ले पराजित
काठमाडौँ, ३ मङ्सिरः यूईएफए नेसन्स लिगमा फ्रान्सले इटालीलाई पराजित गरेको छ । गए राति भएको खेलमा फ्रान्सले इटालीविरुद्ध ३–० को जित निकालेको हो । त्यसक्रममा उसले एक आत्मघाती गोल उपहारमा पाएको थियो ।
फ्रान्सका लागि एड्रिन राबिओटले खेलको दोस्रो र ६५औँ मिनेटमा गोल गरे । ३३औँ मिनेटमा फ्रान्सले एक गोल आत्मघातीका रूपमा उपहार पायो भने ३५औँ मिनेटमा इटालीका एन्ड्रे काम्बिसोले सान्त्वना गोल गरे पनि पराजय टार्न सकेनन् ।
लिगअन्तर्गत नै भएको अर्को खेलमा इजरायलले बेल्जियमलाई १–० ले स्तब्ध पारेको छ भने अस्ट्रिया र स्लोभानीयाले १–१ गोलको बराबरी खेले । उता ग्रिसले फिनल्यान्डलाई २–० ले पराजित ग¥यो ।
त्यस्तै इल्ङ्ल्यान्डले आयरल्यान्डलाई ५–० ले पराजित गर्दा नर्वेले पनि काजकस्तानविरुद्ध ५–० कै जित निकाल्यो । यो जितसँगै फ्रान्स ग्रुप २ को शीर्ष स्थानमा रहेको छ । त्यस्तै इटाली दोस्रो तथा बेल्जियम तेस्रो स्थानमा रहँदा इजरायल चौथो स्थानमा छ ।
प्रतिक्रिया