माओवादीको गढमा कांग्रेस-एमालेबीच साझा उम्मेदवारी दर्ता
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ४२ स्थानमा उम्मेदवारी दर्ता गरेको छ ।
एमालेले दुई जिसस प्रमुखबाहेक नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा एमालेले उम्मेदवारी दर्ता गरेको छ । एमालेले एक्लै चुनाव लड्ने घोषणा गरेपनि माओवादी केन्द्रको गढ मानिएको पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले चुनावी तालमेल गरेका छन् ।
पुथा उत्तरगंगामा एमाले उम्मेदवार केशकुमारी तुलाचनलाई कांग्रेसले सघाउने छ । तर तुलाचन कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लड्ने भएकी छिन् । त्यस्तै सोही गाउँपालिका २ नम्बर वडाअध्यक्षमा सूर्य चुनाव चिन्हबाट एमालेका जीवन रोका उम्मेदवार बनेका छन् उनलाई कांग्रेसले सघाउने सहमति भएको छ ।
प्रतिक्रिया