माओवादीले बोलायाे पदाधिकारी बैठक
नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी बैठक बोलाएको छ।
केन्द्रीय समिति बैठकको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो। थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ। बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधनलगायत विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्।
प्रतिक्रिया