रास्वपाले देशभर उठायो २६ उम्मेदवार (सूचीसहित)
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपचुनावमा देशभर २६ पदमा उम्मेदवारी दिएको छ।
रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितका संयोजक गणेश पराजुलीका अनुसार देशभरका विभिन्न २६ क्षेत्रमा उम्मेदवारी दर्ता गराइएको हो। रास्वपाले काठमाडौँको कीर्तिपुरमा भने मेयर र वडाध्यक्ष कुनैमा पनि उम्मेदवारी दिएन्। रास्वपा काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टका अनुसार राम्रो उम्मेदवार नपाइएकाले त्यहाँ उम्मेदवारी नदिइएको हो।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी देशभर ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।
प्रतिक्रिया