बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा बालिका गम्भीर घाइते
बिद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा मैवाखोला गाउँपालिका वडा नं ३ मा ७ वर्षीया बालिका मंसिरी शेर्पा गम्भीर घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक रहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।
सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत उनी घर फर्कदै गरेका पोलबाट झरेको बिद्युतीय तारले लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचिालित भएको जानकारी दिए ।
यहाँ दुईवर्ष अघि पनि यस्तै प्रकृतिको घटना हुँदा एकजनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया