लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण
काठमाडौँ, २ मङ्सिरः भारतले ओडिसाको डा. एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले एक्स पोस्टमार्फत नोभेम्बर १६ मा भारतले गरेको यस उपलब्धिका लागि बधाई ज्ञापन गरेका छन्।
भारतीय सशस्त्र बल र डीआरडीओ (रक्षा अनुसन्धान र विकास संगठन) लाई बधाई दिँदै रक्षामन्त्री सिंहले लेखेका छन्- भारतले ओडिसाको डा एपीजे अब्दुल कलाम टापुबाट लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको छ।
उनले अगाडि लेखेका छन्- यो ऐतिहासिक क्षण हो र यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्तो महत्त्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका देशहरूको समूहमा समावेश गरेको छ। म यस अद्भूत उपलब्धिका लागि टोली डीआरडीओ र सशस्त्र बललाई बधाई दिन्छु।
प्रतिक्रिया