१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय युवक पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका-४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया