नेपाल टेलिकम तिर्याे सबैभन्दा बढी कर

 सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम आर्थिक वर्ष २०७९/८० को उत्कृष्ट करदाताको सूचीमा शीर्ष स्थानमा परेको छ ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा टेलिकमलाई सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको हो ।

टेलिकमले पछिल्ला आर्थिक वर्षहरूमा लगातार उत्कृष्ट करदाताको सम्मान पाउँदै आएको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । त्यसैगरी व्यक्तिगत आयकरमा सबैभन्दा धेरै योगदान गर्ने राजबहादुर शाहलाई सम्मान गरिएको छ । 

 

त्यस्तै सूचना प्रविधि निर्याततर्फ उत्कृष्ट करदाताका रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको छ ।

विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरू

  • बैंकिङ क्षेत्र: नबिल बैंक
  • शिक्षा: लुम्बिनी मेडिकल कलेज
  • पर्यटन: तारागाउँ रिजेन्सी होटल
  • वस्तु व्यापार: भाटभटेनी सुपर मार्केट
  • ऊर्जा: भोटेकोसी पावर कम्पनी
  • रेमिटेन्स: सिटी एक्सप्रेस मनि ट्रान्सफर
  • मूल्य अभिवृद्धिकर: होङ्सी सिमेन्ट

अन्य विशिष्ट योगदान

  • निर्यात: डाबर नेपाल
  • सूचना प्रविधि निर्यात: कोडावतार टेक प्रालि
  • कृषि उद्योग: पतञ्जली आयुर्वेद
  • विशेष उद्योग: वरुण वेभरेज
  • ५० करोडसम्म कारोबार: सोल्टी इन्टरप्राइजेज
  • ५० करोडदेखि १ अर्बसम्म कारोबार: सीडीएस एन्ड क्लियरिङ