वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
गगनले बहालवाला प्रधानन्यायाधीशमाथि किन कांग्रेसको ठप्पा लगाए ?
आफ्नो वक्तृतालाई नै राजनीतिको मुख्य आधार बनाएका नेताहरु अभिव्यक्तिमा फूलबुट्टा भर्ने क्रममा कहिलेकाहीँ नराम्रोसँग चिप्लिने गर्छन् । कहाँनिर चिप्लियो, पत्तै पाउँदैनन् । आलोचना र विवादमा फसेपछि मात्र उनीहरुको होस् खुल्छ । अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अवस्था त्यही बनेको छ । देशको प्रधानन्यायाधीशजस्तो पदको गरिमा र संवेदनशीलता नबुझी गरेको उनको एउटा टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले भनेका छन्, ‘प्रकाशमानसिंह राउत दाइको अभिव्यक्ति सुनेर मलाई गर्व लाग्यो । उहाँ पहिला कांग्रेसको नेता हुनुहुन्थ्यो । हामी एउटै मञ्चमा हुन्थ्यौँ । मैले दाइ जय नेपाल भन्थेँ । अहिले उहाँ प्रधानमन्त्री हुनुभयो । गर्व लाग्छ ।’
https://barnanmedia.com/news/detail/203196/
पूर्वराष्ट्रपति भण्डारी पछि पूर्वउपराष्ट्रपति पुन पनि सक्रिय राजनीतिमा, पदको गरिमा खै ?
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुन्। संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने संविधानमा उल्लेख छ। तर, नेपालमा पदको गरिमा नै नराखे राष्ट्राध्यक्ष र सहराष्ट्रध्यक्ष सक्रिय राजनीतिमा फर्किन थालेका छन्। नेपालका प्रथम राष्ट्रपति रामवरण यादव सक्रिय राजनीतिमा फर्किएनन्। उनी त्यसअघि कांग्रेस नेता थिए। तर, त्यसपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी राजनीतिमा फर्किसकेकी छन्। उनले एमालेको सदस्यता नै नवीकरण गरिसकेको चर्चा छ। त्यति मात्र होइन उनले आगामी महाधिवेशनबाट एमाले अध्यक्ष बन्न तयारी थालेकी छन्। एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बर्चश्व रहेका बेला भण्डारी फेरि सक्रिय भएकी हुन्। पछिल्लो पटक एमालेले भाटभटेनीबाट जग्गा दान लिँदा विरोध भयो। यसको विरोध गर्नेमा भण्डारी पक्षीय नेताहरु थिए।
https://barnanmedia.com/news/detail/203191/
ऊर्जा मन्त्रालयले नै ‘टीओडी’ मिटरका आधारमा बिलको पुनः गणना गरिदिनुपर्यो : उद्योगीको ज्ञापन
डेडिकेटेड’ एवं ‘ट्रंक लाइन’ विवादमा आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय विद्युत् प्राधिकरणले कार्यान्वयन नगरेकाले त्यो काम गरिदिन उद्योगीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनरोध गरेका छन् । टीओडी’ मिटरका आधारमा बिलको पुनः गणना गरी १५ दिनभित्र बक्यौता असुली गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘पहिले काटेकै बिल ठिक हो’ भन्दै त्यहीअनुसार बक्यौता तिर्नुपर्ने बताएपछि उद्योगी मन्त्रालय पुगेका हुन् ।
भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो । आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो । “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।” अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उषा भण्डारी भाट भटेनी सुपर मार्केटको ब्राण्ड एम्बासडर नियुक्त
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाट भटेनी सुपर मार्केटको स्पोर्ट्स ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगञ्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत भाट भटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्राण्ड एम्बासडर घोषणा गरेको हो । सो अवसरमा खेलपोशाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा ग¥यो । कार्यक्रममा भाट भटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने
आगामी फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा अनमोल केसी र दयाहाङ राई आमने सामने हुने भएका छन् । अनमोल र दयाहाङका फिल्म फागुन २ गते एकसाथ रिलिज हुने भएपछि दुवै सुपरस्टार आमने सामने हुने भएका हुन् । अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । शुक्रबार ‘दुःखी आत्मा’ले फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि दुवै सुपरस्टारको भिडन्त तय भएको हो । यसअघि ‘जेरी अन टप’ को निर्माण टिमले छायांकनमा जानुभन्दा अघि नै ‘भ्यालेन्टाइन डे’ को रिलिज मिति घोषणा गरेको थियो । अहिले यो फिल्म छायांकनमा रहेको छ । त्यस्तै ‘दुःखी आत्मा’ भने छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनमा रहेको छ ।
विवाहपञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने
विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन् भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याकालागि जान लागेको विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिए । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिश सिंहले बिदाइ गर्नेछन् । मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको उनले बताए ।
अनलाइनमा बालयौन दुव्र्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय माध्यमबाट प्रसारण गरेको विषयमा आवश्यक अनुसन्धान गर्दा निज अमनप्रताप हरिजन खुल्न आएकाले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सहयोगमा बिहीबार पक्राउ गरिएको हो ।”
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्रीबहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो । मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताउनुभयो ।
चोरीका सुनको गरगहनासहित दुईजना पक्राउ
मकवानपुर प्रहरीले चोरीका सुनको गरगहनासहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, नगद तथा मोवाइल चोरी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१५ घर भई हाल हेटौंडा–४ स्थित भैरवरोडमा कोठा भाडामा लिएर बस्ने २४ वर्षी मनोज पुलामी र गहना खरिद गर्ने धिरज विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ। पुलामीले गहना हेटौंडा–७, नागश्वती शिवशक्ती सुनचाँदाी पसलमा विक्री गरेका थिए।
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । “यदि युद्धविराम प्रस्ताव प्रस्तुत गरिन्छ र त्यो इजरायलाई मान्य हुन्छ भने हमास गाजा पट्टीमा युद्धविराममा पुग्न तयार छ, हामी अमेरिकी प्रशासन र ट्रम्पसमक्ष इजरायली सरकारलाई आक्रमण अन्त्य गर्न दबाब दिन आह्वान गर्दछौँ”, हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले भन्नुभयो, “विस्थापित मानिसहरूको फिर्ती, कैदीहरूको आदानप्रदानका लागि गम्भीर सम्झौता, मानवीय सहायता र पुनर्निर्माणको पहुँच दिने गरी गाजा पट्टीबाट प्रस्तुत गरिएको कुनै पनि प्रस्तावले स्थायी युद्धविराम र सैन्य फिर्ताको समझदारीमा पुग्न सहयोग गर्नेछ भनेर हमासले मध्यस्थकर्ताहरूलाई जानकारी दिएको छ ।”
नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने
नेपालमा आयोजना हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारण स्टारस्पोर्टस नेटवर्कमार्फत हुने भएको छ । यसअघिका अधिकांश हल्लाहरुलाई चिर्दै नेपाल क्रिकेट संघ क्यानले मंसिर १५ गतेदेखि आयोजना हुने एनपीएलको ब्रोडकास्टिङ (प्रशारण) अधिकार स्टारस्पोर्टसलाई दिएको हो । शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा क्यान सचिव पारस खड्काले प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको जानकारी दिए । उनले नेपालको घरेलु लिगलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताउँदै एनपिएललाई क्यानले ब्राण्डको रुपमा स्थापीत गर्न खाजेको जानकारी दिए । पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै अर्को संस्करणमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा बिकसित हुन सक्ने आशा व्यक्त गरे ।
राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पको टिममा काे काे ?
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले आफ्नो टिम बनाइरहेका छन् । उनले जनवरी २०२५ मा राष्ट्रपति पद सम्हाल्ने छन् । उनले त्यसअघि नै टिम तयार पार्न खोजिरहेका छन् । अहिलेसम्म उनले चुनावी अभियानमा सहयोग गरेकाहरूदेखि अर्बपति व्यापारीहरूसम्मलाई टिममा समावेश गरिसकेका छन् । हेरौँ, अहिलेसम्म कसले के जिम्मेवारी पाए ?
स्टेट सचिव : म्याक्रो रबिवो
ट्रम्पले स्टेट सचिवका रूपमा म्याक्रो रुबिवोलाई छानेका छन् । ५३ वर्षीय म्याक्रो चीन, क्युबा र इरान मामिलामा जानकार मानिन्छन् । उनी अमेरिकाको उपल्लो सदन सिनेटको गुप्तचर समिति र वैदेशिक सम्बन्धका सदस्य हुन् । ट्रम्पले उनलाई राज्य सचिव नियुक्त गर्दै भनेका छन्, "उनी हाम्रो देशका लागि बलियो वकालत गर्छन्, उनी निडर योद्धा हुन् ।"
तपाईँहरूले भोट दिए ८४ मा पनि चुनाव लड्छु : देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान काँग्रेस-एमाले गठबन्धन पुरै कार्यकाल सम्म रहने बताएका छन। शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वर्तमान गठबन्धनको उद्देश्य संविधान संशोधन स्थायीत्व र सुशासन कायम गर्ने उद्देश्यले बनेकोले सरकार र गठबन्धन पुरै कार्यकाल सम्म रहने बताए । गठबन्धन भित्र केही समस्या रहेपनी आपसी समझदारी गर्दै पुरै कार्यकालसम्म चल्ने उनले बताए । संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ आवश्यक पर्ने भएकोले अन्य दलहरूसँग पनि परामर्श र सहमति गर्दै अगाडी बढने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताउनुभयो । परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो, “नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।”
न्युजिल्यान्डको पार्लियामेन्टमा अनौठो खालको विरोध प्रदर्शन
न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्क संसदमा गरेको उनको विरोधको शैलीका कारण विश्वभर चर्चामा छिन् ।संसदभित्रको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । न्युजील्याण्डकी सांसद हाना संसदमा आदिवासी सन्धि विधेयक च्यातेपछि चर्चामा आएकी हुन् । बिहीबार न्यूजील्याण्डको संसदमा हानाको क्रोधित रुप देखियो । जसको भिडियो अहिले भाइरल भइरहेको छ । न्यूजील्याण्डको संसद बैठकको भिडियो हेरेर सबै छक्क परेका छन् ।
प्रतिक्रिया