चोरीका सुनको गरगहनासहित दुईजना पक्राउ
मकवानपुर प्रहरीले चोरीका सुनको गरगहनासहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित सन्तोष अधिकारीको घरबाट सुनको गरगहना, नगद तथा मोवाइल चोरी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१५ घर भई हाल हेटौंडा–४ स्थित भैरवरोडमा कोठा भाडामा लिएर बस्ने २४ वर्षी मनोज पुलामी र गहना खरिद गर्ने धिरज विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ। पुलामीले गहना हेटौंडा–७, नागश्वती शिवशक्ती सुनचाँदाी पसलमा विक्री गरेका थिए।
गहना खरिद गर्ने २५ वर्षी विश्वकर्मा र पुलामीलाई प्रहरीले जिल्ला अदालतबाट थप ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।उनीहरुले ३.५ तोला सुन र ५ तोला चाँदी चोरी गरेको प्रहरीले जनाएको छ। प्रहरीले पुलामी र विश्वकर्माको साथबाट उक्त गरगहना र मोवाइल बरामद गरिसकेको छ।
प्रतिक्रिया