नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने
नेपालमा आयोजना हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको प्रत्यक्ष प्रशारण स्टारस्पोर्टस नेटवर्कमार्फत हुने भएको छ ।
यसअघिका अधिकांश हल्लाहरुलाई चिर्दै नेपाल क्रिकेट संघ क्यानले मंसिर १५ गतेदेखि आयोजना हुने एनपीएलको ब्रोडकास्टिङ (प्रशारण) अधिकार स्टारस्पोर्टसलाई दिएको हो । शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा क्यान सचिव पारस खड्काले प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिएको जानकारी दिए ।
उनले नेपालको घरेलु लिगलाई अन्तराष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताउँदै एनपिएललाई क्यानले ब्राण्डको रुपमा स्थापीत गर्न खाजेको जानकारी दिए । पहिलो एनपिएल खेल्न विदेशी फ्रेन्चाइजहरुले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै अर्को संस्करणमा अन्तराष्ट्रिय फ्रेन्चाइज खेलको रुपमा बिकसित हुन सक्ने आशा व्यक्त गरे ।
लिग खेल्न आउने विदेशी खेलाडीहरुको श्रम स्वीकृत लगाएका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए । त्यसका लागि राखेपले हेल्प डेक्स स्थापना गरेर काम गरिरहेको बताए । क्यानले नेपालको प्रचलित सबै कानुनहरु पालना गरेर प्रतियोगिता आयोजना गर्ने भएकाले यस विषयमा शंका ब्यक्त नगर्न पनि सचिव खड्काको आग्रह छ ।
मंसिर १६ गते नेपालका विभिन्न ठाउँमा उप निर्वाचन हुँदै छ । एनपीएल आयोजना स्थल कीर्तिपुरमा पनि उप निर्वाचन हुने भएकाले मंसिर १६ गते खेल आयोजना नहुने पनि उनले बताए । एक दुई दिन भित्रै प्रतियोगिताको तालिका सार्वजनिक हुने पनि सचिव खड्काले जानकारी दिए ।
त्यस्तै नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ । क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने बताए । अहिलेसम्मकै नेपाली खेलकुदको सर्वाधिक ठूलो प्रायोजक सम्झौता भएको बताए पनि सचिव खड्काले रकम भने खुलाएनन् । क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुदैछ ।
प्रतिक्रिया