टिकटककाे नयाँ एआई टुल 'सिम्फनी क्रिएटिभ स्टुडियो' सार्वजनिक

 चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले ​विज्ञापनदाताहरूका लागि नयाँ एआई टुल ल्याएको छ । कम्पनीले बिहीबार आफ्नो जेनेरेटिभ एआई भिडिओ क्रियसन प्लेटफर्म ‘सिम्फनी क्रिएटिभ स्टुडियो’ विश्वभरका सबै विज्ञापनदाताका लागि उपलब्ध गराएको हो ।

यसअघि टिकटक वर्ल्ड प्रोडक्ट समिटमा कम्पनीले सिम्फनी सुट सार्वजनिक गरेको थियो । यसबाट व्यवसायी, क्रिएटर र एजेन्सीहरूले आफ्नो ब्रान्ड अनुसारका आकर्षक कन्टेन्ट बनाउन सक्नेछन् । यस सुटमा सिम्फनी क्रिएटिभ स्टुडिओ, सिम्फनी एसिस्टेन्ट, सिम्फनी डिजिटल अवतार्स र टिकटक एड्स म्यानेजर टुल रहेका छन् । सिम्फनी क्रिएटिभ स्टुडियो भित्र भने एक भर्चुअल असिस्टेन्ट पनि रहेको छ, जसले कन्टेन्ट बनाउने काम स्वचालित बनाउने छ ।

टेक्स्टलाई भिडिओमा परिणत गर्ने, रिमिक्सिङ, डिजिटल अवतार निर्माण बनाउने, अनुवाद गर्ने जस्ता काममा यस टुलले सहयोग गर्ने बताइएको छ ।