नेपाल टेलिकमको असोजसम्म १ अर्ब ७३ करोड ९५ लाख खुद नाफा

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० ले कम हो । गत वर्ष कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

टेलिकमको सञ्चालन आम्दानी  ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यस्तो आम्दानी गत वर्ष ८ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म कम्पनीको वित्तीय आम्दानी भने १ अर्ब ७५ करोड रुपैयाँ घटेर १ अर्ब १७ करोड रुपैयाँमा आइपुगेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी पनि ३० करोड ६६ लाखबाट घटेर २० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।