दार्चुला दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो(अपडेट)
दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर-५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर-९ का ४५ वर्षीय दिलीप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।
त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका-५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको डीएसपी दाहालले बताए ।
मृतक दुई जना भने भारतीय नागरिक छन्, यूपी (उत्तर प्रदेश) बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।
प्रतिक्रिया