वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रविले रुपन्देहीमा देखाउन सकेनन् २ करोडको हिसाब, ६५ करोडको कसरी देखाउलान् ? 

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्बिँदै गएको छ । कास्कीपछि रूपन्देही प्रहरीका अधिकारीसमक्ष उनीमाथि केरकार चलिरहेको छ । विभिन्न सहकारीबाट गोरखा मिडियामा गएको रकमको हिसाब त जीबी राई लगायत अन्य अभियुक्तहरुबाट पनि खोजिँदै छ । रविले पनि सहकारीको रकम अपचलनमा आफू जिम्मेवार नभएको भन्दै उम्किन खोजिरहेका छन् । उनले सम्पूर्ण दोषभागी जीबी राई भन्न खोजिरहेका छन् । तर कतिपय कागजात यस्ता पनि छन् जसले रविलाई प्रत्यक्ष रुपमा सहकारीबाटै गैरकानुनी तवरले रकम अपचलन गरेकामा दोषी देखाइरहेका छन् । रुपन्देहीमा अहिले यस्तै एउटा हिसाब रविका लागि पेचिलो बन्दै गएको छ । 

https://barnanmedia.com/news/detail/203053/ 

सहकारी ठगी प्रकरणमा रविपछि पक्राउ पर्ने पालो धनराजको हो ? 

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकारले खेप्दै आएको आरोप हो, एमाले र कांग्रेसले प्रतिशोध साँधे। संसदीय छानबिन समितिले नै कारबाही सिफारिस गरेका व्यक्ति पक्राउ पर्दा पनि रास्वपा आन्दोलनमा छ। रवि २ कात्तिकमा पक्राउ परेपछि सरकारले खेप्दै आएको अर्काे प्रश्न थियो, रविलाई प्रतिशोध साँध्न पक्राउ गरियो, कांग्रेस उपसभापति धनराज गुरुङलाई जोगाइयो।’ हालै गृह प्रदेश सुदूरपश्चिम पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यो आरोपको जवाफ दिएका थिए।  ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं,’ उनले भनेका थिए। देउवाले यसरी जवाफ दिँदा पनि सुख पाएनन्। आफ्नै उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको तर सरकारले जोगाएको आरोप लाग्दै आएको थियो।

https://barnanmedia.com/news/detail/203049/

झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी 

एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन्भु जेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो।

https://barnanmedia.com/news/detail/203120/ 

बिटक्वाइन पहिलो पटक ९० हजार डलरसम्म पुग्यो 

राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको डिजिटल टोकनहरू वरिपरि नियमनलाई सहज बनाउने वाचाबाट विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन बुधबार ९० हजार डलर माथि उच्चस्तरमा पुग्दै रेकर्ड कायम गरेको छ। बिटक्वाइन ९०,६७० डलरमा सहज हुनु अघि ९१हजार डलर भन्दा माथिको सर्वकालीन शिखरमा पुग्यो।ट्रम्पले गत हप्ताको अमेरिकी राष्ट्रपतीय चुनावमा जित हासिल गरेपछि अस्थिर सम्पत्तिले धेरै पटक यसको रेकर्ड-उच्च तोड्यो। रिपब्लिकन उम्मेदवारले चुनाव प्रचारको क्रममा संयुक्त राज्य अमेरिकालाई “विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी” बनाउने योजना बनाएको बताएका थिए।अघिल्लो ट्रम्प अवधिले कर्पोरेट कर कटौती देखेको थियो, जसले बजारमा अधिक तरलता ल्यायो, र क्रिप्टोकरेन्सीमा लगानीलाई प्रोत्साहन दियो।

 कांग्रेसको विभागमा १० सदस्य मनोनयन

 नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोयन गर्नुभएको हो । मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौँ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

महिला क्रिकेट टोलीलाइ विमानस्थलमा भव्य स्वागत 

नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली बिहीबार साँझ स्वदेश फर्किएको हो। यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

सैँतिस हिमाल आरोहण गर्न ७० देशबाट आठ सय ७० आरोही 

शरद् ऋतु (अटम सिजन) मा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका आठ सय ७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि एक सय ११ आरोही समूहका दुई सय दुई महिला र छ सय ६८ पुरुष गरी कूल आठ सय ७० जनाले अनुमति लिएका हुन् ।  हिमाल आरोहणबापत रु छ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।  निर्देशक गुरुङका अनुसार मनास्लु र हिम्लुङको आरोहण सकिएको छ भने अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उहाँले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएकोे बताउनुभयो । 

कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन 

लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो । लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं १५८०९-१५८११/०८०-८१ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

कार्तिक शुक्ल पूर्णिमामा कपिलवस्तुका ६ पालिकाले दिए बिदा 

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कपिलवस्तुका ६ पालिकाले बिदा दिएका छन् । पूर्णिमा र नाहान मेलाका लागि भन्दै महाराजगन्ज, कृष्णनगर र कपिलवस्तु नगरपालिका एवं मायादेवी, शुद्धोदन र यशोधरा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।  कार्तिक पूर्णिमाका दिन जिल्लाको बाणगंगा नदीको रामघाट, बर्गदीघाट लक्ष्मण घाट लगायतका नदी किनारमा मेला लाग्ने गर्छ । पालिकाहरूले शुक्रवार सूचना जारी गर्दै पालिकाका सबै कार्यालय र विद्यालय बन्द हुने बताएका छन् । अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द हुने जनाइएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सदरमुकाम तौलिहवानजिक रामघाटमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै लक्ष्मणघाट, सीताघाट, बर्गदीघाट र सन्तघाटमा पनि मेला लाग्ने गर्छ ।

अधिकारकर्मीहरूले माग : आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी होस् 

 बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीहरूले माग गरेका छन् । सिफारिस समितिले कार्य प्रारम्भ गरे पनि दुवै आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि बढ्न नसकेकोप्रति अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त माग गरेका हुन् । अधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाईं, कुन्दन अर्याल, दिनेश त्रिपाठी, राजु चापागाईं र मन्दिरा शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा सो विषयमा समितिको ध्यानाकर्षण गरेका हुन् । 

मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने 

 मुग्लिङ-पोखरा सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले मङ्सिर ३ गतेदेखि २३ गतेसम्म हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको हो ।सडकराति ११ बजेदेखि बिहान १ बजेसम्म तथा बिहान साढे एक बजेदेखि चार बजेसम्म पूर्ण रुपमा बन्द हुने प्रहरीले जनाएको छ ।सो समयमा सडक पूर्ण बन्द गरेर निर्माणको काम गरिने भएको छ । सो समयमा आकस्मिक अवस्थामा भने सवारी पास गराइने प्रहरीले जनाएको छ । 

ललिता निवास प्रकरणमा मन्त्रीहरूलाई विशेष अदालतले सफाइ दिएको विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता 

ललिता निवास प्रकरणमा मन्त्रीहरूलाई विशेष अदालतले सफाइ दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । यस प्रकरणमा अदालतले २०८० फागुन २३ गते रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको थियो । विशेष अदालतका सदस्यहरू डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठलाई सफाइ दिएको थियो ।

आफू खान्छ खुर्सानी, पिरो भएपछि मलाई गाली गर्ने : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले बदमासी गरे आफूले नबचाउने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको छैटौँ सत्रमा बिहीबार ओलीले अनुसन्धानका क्रममा आफूले प्रहरीसहित कुनै पनि निकायलाई दबाब नदिने बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफैँ गल्ती गर्ने तर गाली अरूलाई गर्ने प्रवृत्ति देखिएको बताए ।  “मैले त मान्छेको अनुहार हेर्दिनँ भनेको छु, त्यो साँचो हो । कोही पनि मान्छे होस्, गल्ती गर्छ भने जान्छ । राम्रो गरेमा प्रशंसित हुन्छ । अब गल्ती गर्ने आफू, खान्छ खुर्सानी । अनि पिरो भएपछि गाली गर्छ मलाई,” ओलीले 

काठमाडौंमा एकै परिवारका तीन जना मृत फेला 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन्। उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको प्रहरीले स्रोतले बतायो। अहिले घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ। शवको मुचुल्का भइरहेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकसहितको टोली समेत घटनास्थलमा पुगेको छ।

८० अर्ब पाउन्ड लगानी अनलक गर्न विशाल पेन्सन कोषहरू बनाउने बेलायतको योजना 

वित्तमन्त्री रचेल रिभ्सले बेलायतले अस्ट्रेलिया र क्यानाडाका योजनाहरूको अनुकरण गर्दै देशमा करिब ८० अर्ब पाउन्डको लगानी बढाउन सक्ने विशाल पेन्सन कोषहरू बनाउने योजना गरेको घोषणा गर्नुभएको छ । लेबरको ‘मेगाफन्ड’ योजनाले एक सय चार अर्ब डलर बराबरको ‘पूर्वाधार परियोजना र भविष्यका व्यवसायहरूमा लगानी’ गर्नसक्ने वित्त मन्त्रालयले बुधबार राति विज्ञप्तिमा जनाएको छ ।  जुलाईमा भएको आम चुनावमा जितपछि पार्टीका नेता किर स्टार्मर बेलायतको प्रधानमन्त्री बन्नुभएको छ र लेबरले इङ्ग्ल्यान्ड र वेल्समा रहेका ८६ स्थानीय सरकारी पेन्सन योजनाको सम्पत्तिलाई एकत्रित गर्ने उद्देश्य राखेको छ ।मन्त्रालयका अनुसार यी योजना सन् २०३० सम्ममा पाँच सय अर्ब पाउन्डभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्ने क्रममा छन् ।

धूम्रपानबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय 

धूम्रपान स्वास्थ्यका लागी हानिकारक छ । यो कुरा हामी सबैलाई थाह छ । तर पनि यो गलत बानी हामी हटाउनतर्फ लाग्दैनौ ।पछिल्लो पुस्ताहरूमा त झन् कलिला स्कुल,कलेज पढ्ने युवाहरू समेत यस्तो कुलतममा फस्न थालेका छन् । 

चुरोटको असरहरू

आजभोलि धूम्रपान गर्ने बानी युवामा बढी देखिन थालेको छ । चुरोटमा निकोटिन भन्ने रसायन हुन्छ, जसले दिमागलाई केही समयको लागि शान्ति दिन्छ । यही केही समयको शान्ति पछि कहिले लत बन्छ, थाहा पनि हुँदैन । यसको धुवाँले फोक्सोमा नराम्रो असर गर्छ, यहाँसम्म कि कपाल र छालालाई पनि नोक्सान गर्छ । जसले गर्दा कम उमेरमै अनुहारमा चाउरी र कपाल सेतो देखिन थाल्छ । यस्तै अन्य विविध स्वास्थ्य समस्याहरू हुन सक्छन् ।  

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उहाँले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।  “नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । 

तलब नपाएपछि चिनियाँ ईभी कम्पनीका कर्मचारीले जागिर छोडे 

 चिनियाँ विद्युत् सवारी साधन उत्पादक कम्पनी युआनहाङ गहिरो आर्थिक संकटमा फसेको छ । चर्चित कम्पनी डेयुनको लगानी रहेको यस कम्पनीले आफ्ना कर्मचारीलाई समयमा तलब दिन नसक्ने अवस्था सिर्जना भएको छ । जसका कारण धेरैजसो कर्मचारीले जागिर छोडेका छन् । कार न्युज चाइनाको रिपोर्ट अनुसार युआनहाङको रिसर्च एन्ड डिजाइन विभागमा काम गर्ने थोरै कर्मचारी मात्रै बाँकी छन्, बाँकीलाई बेतलबी बिदामा पठाइएको छ । आर्थिक अवस्था सुधार गर्न कम्पनीले सरकारी सहयोग र नयाँ लगानीकर्ताको खोजी गरिरहेको बताइएको छ ।​

 पाकिस्तानविरुद्धको पहिलो टी-२० आईमा अस्ट्रेलियाको २९ रनकाे सहज जित

पाकिस्तानविरुद्धको टी–२० सिरिजको पहिलो खेल घरेलु टिम अस्ट्रेलियाले २९ रनले जितेको छ । योसँगै सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ । पाकिस्तानले भने सिरिजमा हारबाट सुरुवात गरेको छ । बिहीबार भएको खेलमा अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो । उसका लागि अब्बास अफ्रिदीले अविजित २०, हसीबुल्लाह खानले १२ र शाहीन साह अफ्रिदीले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।