फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्छन्
जब पहिलो पटक चलचित्र " पुर्ण बहादुरको सारङी " को थिम पोस्टर सार्बजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो । एउटा सारङी रेट्ने बाबुले आफ्नो छोरोलाई काँधमा हालेर हिडेको थिम पोस्टर थियो त्यो । म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा / निर्देशक सरोज पौडेलको थियो । सरोज पौडेल तिनै ब्यक्ति थिए जसलाई दुइ बर्ष पहिले अनामनगर स्थित गोर्खा एफ.एम. चोक छेउ को एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र " लाज" को २२औं ड्राफ्ट वाला स्कृप्ट बेलिबिस्तार लगाउदै मजाले सुनाएको थिए ।
अस्ति बेलुका चलचित्र पुर्ण बहादुरको सारङी हेरेपछी म छाङा बाट खसेझै भए । म छट्पटिए । किनभने मेरो लेखेको चलचित्र को लाजको थिम र केहि प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्लि र छोरो बुधेको कथा हो। बाउले छोराको स्कूल ड्रेस सिलाउन र छोराले सुख पावस र पढि लेखि ठुलो मान्छे बनोस भनि मृत्युु रोजेको एउटा बाउको कठिन सङघर्षको कथा हो लाज ।
आर्थिक सामाजिक र राजनितिका कारण समाजमा आफ्नो टाउको उठाउन नसकिरहेको मिटरब्याज पिडित एक सोझो भुईमान्छे आफ्नो सन्तान र परिवारको लागि सोचे जस्तो जिवन दिन सकीरहेको हुँदैन । उसकी श्रीमति छुन्की पनि छोराले दुख पाउने भयो भनेर पिरोलिरहन्छे । उसको श्रीमान बल्लि सङ छोरा बुधेको बिषयलाई लिएर ठाकठुक परिरहन्छ ।बाबु बल्लि छोरो बुधेलाई थारु परम्परा र सन्कृतिका कुरा गर्दै थमथमाई रहन्छ । एकदिन परिस्थिति यस्तो आईपर्छ ,छुन्किको पुर्ब प्रेमि प्रेमले छुन्किलाई गाउँ बाट भगाउछ। गाउँमा छुन्कि पोइल गएको हल्ला फैलिन्छ । तर वास्तविकता अर्कै हुन्छ । छुन्कि छोरोको लागी भबिस्य खोज्न प्रेम सङ शहर जान बाध्य भएकी हुन्छे ।
त्यस्पछि बाबु बल्लिले छोराको भबिस्यको लागी भनि मृत्यु सम्म अङगाल्ने परिस्थितिको सामना गर्न कठिन सङघर्षको बाटो रोज्छ ।
म अहिले सम्पुर्ण कथा र पट्कथा खुलाउने अवस्थामा छैन ।मैले सरोजलाई सुनाएको कथा र केहि प्लट्लाई सर्लक्क टिपेर "पुर्ण बहादुरको सारङी " मा हालिएको छ । फरक यत्ति हो ,तराईको कथा लाई पात्र परिवर्तन गरी पहाडमा लगिएको छ । तराईमा छोराको लागी सङघर्स गर्ने भुईपात्र थारु बल्लिलाई पहाडमा लगेर सारङी रेट्ने पुर्णबहादुर बनाइएको छ ।उता पहाडमा गणतन्त्र जिन्दाबाद भनिन्छ ,यता तराईमा मधेस आन्दोलन जिन्दाबाद भनिन्छ । समय परिस्थिति मिल्छन । यता बल्लिलाई सहयोग गर्ने साथि भाई जस्तै उता पुर्णेलाई सहयोग गर्ने साथि भाई हरु पनि छन ।
स्मरण रहोस,आज भन्दा ८/१० बर्ष पहिले लाज छोटो चलचित्रको रुपमा बजारमा आइसकेको हो जसको world premiere पहिलो पटक कोरियाको बुसान फिल्म फेस्टिभल मा भएको हो । क्यानडाको एक फिल्म फेस्टिवलमा Audience Choice Award पनि जित्न सफल भएको थियो । लाज बिश्वका १५/२० वटा फिल्म फेस्टिवलमा सहभागिता जनाईसकेको छ ।
त्यसो त लाजलाई फिचर फिल्म बनाउने हुटहुटिले स्कृप्ट्का पान्डुलिपि बोक्दै बिगत १०/१२ बर्ष देखि चलचित्र उध्योगमा हल्लिरहेको छु । २२ औं ड्राफ्ट सम्म लेखि सक्दा मलाई चिन्ने यो उध्योगका अधिकाश मान्छेलाई मेरो कथा बारे जानकारी छ । यसका थुप्रै पान्डुलिपि ,अझै पनि चलचित्र उध्योगका थुप्रै सेलेब्रीटि ,कलाकार ,निर्माता निर्देशक,स्कृप्ट राईटर र ब्राबिधिक सङ सुरक्षित हुनुपर्छ । यो कथा मेरो ड्रीम प्रोजेक्ट भएकोले मेरो उर्बर समय र मेरो लाखौ रुपिया यसमा खन्याई सकेको छु । प्रत्यक बर्षझै यो बर्ष पनि फिल्म गर्न सक्छु कि भनेर अझै पनि लागीपरेको छु । कथाकार र निर्देशक भनिएका सरोज पौडेल कति नैतिकवान मान्छे हुन त्यो म भन्न सक्दिन तर अरुको श्रीजना चोरेर आफ्नो बनाउने कथाकार / निर्देशक सरोज पौडेललाई मैले के भन्ने ?!
प्रतिक्रिया