शीतल निवासको गार्डेन सजाउन २४ लाख

 राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउने ठेक्का पोखरा आउटसोर्सिङ प्रालिले पाएको छ ।

राष्ट्रपति कार्यालयले शीतल निवासको गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी बिहीबार सूचना जारी गरेको हो ।

शीतल निवासको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ । कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो ।

मूल्याँकन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।