धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा : तीन जनालाई अन्तरवार्तामा बोलाइयो

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बोर्डले अध्यक्ष पदमा उम्मेदवारी दिनेमध्येबाट तीन जनालाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ ।

सो पदमा आवेदन दिनेहरुमध्येबाट व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा नवराज अधिकारीलाई छनोट गरिएको  सिफारिस समितिले जनाएको छ । 

उनीहरुको प्रस्तुतीकरण मंसिर ९ गते बिहान ८ बजेका लागि तोकिएको छ ।