गण्डकीकी सांसद विमला गौचनको हृदयघातका कारण निधन
गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।
उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया