सहकारी ठगी प्रकरणमा रविपछि पक्राउ पर्ने पालो धनराजको हो ?
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकारले खेप्दै आएको आरोप हो, एमाले र कांग्रेसले प्रतिशोध साँधे।
संसदीय छानबिन समितिले नै कारबाही सिफारिस गरेका व्यक्ति पक्राउ पर्दा पनि रास्वपा आन्दोलनमा छ। रवि २ कात्तिकमा पक्राउ परेपछि सरकारले खेप्दै आएको अर्काे प्रश्न थियो, रविलाई प्रतिशोध साँध्न पक्राउ गरियो, कांग्रेस उपसभापति धनराज गुरुङलाई जोगाइयो।’ हालै गृह प्रदेश सुदूरपश्चिम पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यो आरोपको जवाफ दिएका थिए। ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं,’ उनले भनेका थिए। देउवाले यसरी जवाफ दिँदा पनि सुख पाएनन्। आफ्नै उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको तर सरकारले जोगाएको आरोप लाग्दै आएको थियो।
तर, यो आरोपबीच सहकारी ठगी प्रकरणमा थप नयाँ मोड आएको छ। पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङती कार्यकर्तालाई लक्षित गर्दै सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार धनगढीमा कटाक्ष गरेका थिए, ‘मुद्दा त हाम्रा साथीहरुमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं ।’
तर, यो भाषणपछि पनि देउवाको आलोचना भयो। उपसभापति गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएको अनि संसदीय छानबिन समितिले नै थप अनुसन्धान गर्न भनेपनि सरकारले जोगाएको आरोप लाग्यो। तर, सहकारी ठगी प्रकरणमा नयाँ मोड आएको छ। गुरुङ अनुसन्धानको घेरामा तानिएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको मितेरी सहकारीमा भएको हिनामिना प्रकरणमा गुरुङसँग बुधबार बयान लिएको छ। बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग सोधपुछ गरी बयान कागज गराइएको छ।
धनराजकी श्रीमती ज्योती गुरुङ (हाल सम्बन्ध विच्छेद) महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको भन्दै उजुरी परेको थियो। बचतकर्ताले ज्योति र धनराज समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी दिएका थिए। प्रहरीले ज्योतिमाथि पक्राउ पुर्जी जारी गरे पनि फरार छन। तर, अब धनराज माथि पनि अनुसन्धान भएको हो । गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको र ज्योतिसँग सम्बन्ध विच्छेद गरिसकेको जिकिर गरेका छन्। तर, सम्बन्ध विच्छेद भइसकेको भनिए पनि त्यसपछि पनि धनराजले ज्योतिलाई श्रीमतीका रुपमा उभ्याएका छन्। ऋण लिँदाको कागजातमा ज्योतीलाई श्रीमतीका रुपमा उल्लेख गरिएको छ। हुन् त धनराज र ज्योति श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको दाबी छ। सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप गुरुङमाथि छ।
कानुनी रुपमा उनीहरुबीच सम्बन्ध विच्छेद देखिए पनि सहकारी ठगीबाट जोगिन चाल चलेको आंशका गरिएको छ। त्यसैले अब सहकारी ठगी प्रकरणमा धनराज पक्राउ पर्न सक्ने पनि देखिन्छ। हालै मात्र एमाले नेतासमेत रहेका कोशीका तत्कालीन कानुनमन्त्री लिलालबल्लव अधिकारी मानव तस्करी प्रकरणमा पक्राउ परेका थिए।
प्रतिक्रिया