एक सय ४६ करदाताको बैंक खाता रोक्का

आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।
 
कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।
 
कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिनुभयो ।
 
पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको छ ।

बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने

बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने

राजस्थानः नरेश मीनाको गिरफ्तारीको विरोधमा प्रदर्शन रोक्न प्रहरीद्वारा अश्रु ग्याँसको गोली प्रहार

राजस्थानः नरेश मीनाको गिरफ्तारीको विरोधमा प्रदर्शन रोक्न प्रहरीद्वारा अश्रु ग्याँ…

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री  ओलीलाई ज्ञापन पत्र बुझाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जल…

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ