यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, २८ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

 

 

आज संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हँुदैछ । विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागिसमेत नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।

राजस्थानः नरेश मीनाको गिरफ्तारीको विरोधमा प्रदर्शन रोक्न प्रहरीद्वारा अश्रु ग्याँसको गोली प्रहार

राजस्थानः नरेश मीनाको गिरफ्तारीको विरोधमा प्रदर्शन रोक्न प्रहरीद्वारा अश्रु ग्याँ…

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री  ओलीलाई ज्ञापन पत्र बुझाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जल…

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्…