वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
मन्त्री खड्का कुलमानसामु निरीह, कुन नैतिकताले पदमा बसिरहने अब ?
पदीय मर्यादाक्रम हेर्ने हेर्ने हो भने कुलमान घिसिङ नेपाल सरकारका सहसचिव सरहका कर्मचारी हुन् । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक राजनीतिक नियुक्ति हुने पद हो । तर, यस्तो देखिँदै छ कि यहाँ कुलमान नै यो देशका सर्वशक्तिमान हुन् । कुलमानले जतिसुकै बदमासी गरे पनि न अख्तियारले छुन सक्छ, न त अदालतले उनका निर्णयमा प्रश्न उठाउन सक्छ । कुलमानकै शक्ति र प्रभावका कारण हितेन्द्रदेव शाक्यको निवेदन अनिश्चितकालीन पर धकेलिन सक्छ । व्यापारीहरूका निवेदन भटाभट खारेज हुन सक्छन् । कुलमानले मन्त्रिपरिषद्का निर्णय अटेरी गर्न सक्छन् । ऊर्जामन्त्री दीपक खड्काले दुई–दुईपटक सोधेको स्पष्टीकरणको जवाफ नदिई अवज्ञा गरेर बस्न सक्छन् । विद्युत नियमन आयोग र संसदको सार्वजनिक लेखा समितिलाई त उल्टै लोप्पा खुवाइदिन्छन् । अनि यो देशमा कुलमानभन्दा शक्तिशाली अरु को हुन सक्छन् ? देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार छ । संसदमा दुई तिहाइ बहुमतको सरकार छ ।
https://barnanmedia.com/news/detail/202894/
फेसबुक पेज प्रेस काउन्सिलको निगरानीमा, नाम, ठेगानासहितको विवरण अनिवार्य
प्रेस काउन्सिल नेपालले फेसबुक पेजमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो ।सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
https://barnanmedia.com/news/detail/202920/
पर्यटन मन्त्री पाण्डेले करोड घुस लिएका हुन्? प्रतिपक्षले बनाउन सक्छ मुद्दा
कांग्रेस र एमाले गठबन्धनको सरकार छ। कांग्रेस नेता बद्री पाण्डे पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन्। तर, कांग्रेसकै सांसद राजेन्द्र बजगाईँले पाण्डेमाथि गम्भीर आरोप लगाएका छन्। पर्यटन व्यवसायीसमेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा मन्त्री पाण्डेले एक करोड घुस खाएको आरोप लगाएपछि राजनीतिक बजार गर्माएको छ। त्यति मात्र होइन पाण्डेले घुसको पैसाबाट घरसमेत किनेको जिकिर गरेका छन्।
https://barnanmedia.com/news/detail/202879/
राप्रपाले टुंग्यायो १७ स्थानका उम्मेदवार, कहाँ कसलाई टिकट ?
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंग्याएको छ । पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले काठमाडौंको कीर्तिपुर नगरपालिकासहितका स्थानमा १७ जना उम्मेदवारको टुंगो गरिएको बताएका छन् । उनका अनुसार कीर्तिपुरको मेयरको उम्मेदवारमा ध्रुव महर्जनलाई छनौट गरिएको छ ।राप्रपाले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा मनकुमारी श्रेष्ठलाई उठाउने भएको छ। उता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उम्मेदवारमा सुनादेवी थापा (भोटे) लाई उठाउने निर्णय भएको उनले बताए ।
आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति
यहाँको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् । गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन् । बीउ कुहिँदा करिब रु एक करोड लगानी खेर गएको किसानले बताएका छन् । डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताउनुभयो । “तिहारको भोलिपल्ट परेको पानी खेतभरि जम्यो, पानी जमेपछि बीउ उम्रिएन, सबै कुहियो ।” उहाँले भन्नुभयो ।
सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका व्याप्त चुनौतीलाई अवसरमा बदल्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । उहाँले लगानीमैत्री वातावरण बनाउन र मुलुकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नेसमेत बताउनुभयो । रुपन्देही व्यापार सङ्घको रजतजयन्ती मूल समारोहमा मन्त्री भण्डारीले वर्तमान सरकार संविधान संशोधनमार्फत नीतिगत रुपमै सुधारका लागि साझा मुद्दा बनाइएको बताउनुभयो । उहाँले शासन प्रणाली, संरचनागत क्षेत्रमा रहेका कमजोरीलाई सुधारका लागि फरक आस्था र प्रमुख प्रतिस्पर्धी पार्टीबीच गठबन्धन बनेको बताउनुभयो ।
बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो
गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । खराब मौसमका कारण ल्याण्ड गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरुलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो । पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो । ट्रेकिङ टोलीमा रहेका रुविभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।
कोप२९ मा ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजनाको घोषणा गर्दै अमेरिका
अमेरिकी अधिकारीहरूले डोनाल्ड ट्रम्पको आगामी प्रशासनमा पनि टिकेर रहने द्विदलीय परियोजनाका रूपमा सन् २०५० सम्ममा आणविक ऊर्जालाई तीन गुणा गर्ने नयाँ योजनाहरू बुधबार घोषणा गरेका छन् ।ह्वाइट हाउसले गत वर्ष गरेको प्रतिबद्धता पूरा गर्दै नयाँ आणविक ऊर्जा क्षमताका लागि मङ्गलबार ठूलो पहलको घोषणा गरेको थियो ।यो कदम जो बाइडेनले छोड्दा अमेरिकाले लागू गर्न सक्ने महत्त्वाकांक्षी ऊर्जा सङ्क्रमण नीतिको अन्तिम अंशमध्ये एक हुनसक्छ । जलवायु परिवर्तनको वास्तविकतामाथि प्रश्न उठाउने र ऐतिहासिक पेरिस सम्झौताबाट वासिङ्टनलाई फिर्ता लिने वाचा गर्ने ट्रम्पको पुनर्निर्वाचनले कोप२९ जलवायु वार्तालाई तरङ्गित बनाएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी केन्द्रमा मागे जिम्मेवारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राजनीतिमा सक्रिय हुने आकांक्षा व्यक्त गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)मा जिम्मेवारी दिन माग पनि गरेका छन् । पुन माओवादीको सोमबार बसेको पदाधिकारी बैठकमा केहीबेर सहभागी थिए । पूर्वउपराष्ट्रपतिको रूपमा आफूले सेवा सुविधा नलिएको भन्दै जिम्मेवारी दिन आग्रह गरेका छन् । “उहाँले सक्रिय भएर काम गर्ने इच्छा राख्नुभएको छ । पार्टीले कुन जिम्मेवारी दिने भन्ने निर्णय गरिसकेको छैन,” उपमहासचिव हरिबोल गजुरेलले भने ।
अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग सञ्चार च्यानलहरू अझै खुला रहेको इरानका शीर्ष कूटनीतिज्ञले बुधबार बताएका छन् । “हामी र अमेरिकीहरूबीचको सञ्चार च्यानलहरू अझै पनि विद्यामान छन्”, अब्बास अराघचीले साप्ताहिक क्याबिनेट बैठकको साइडलाइनमा भन्नुभयो, “अमेरिकीहरूसँग हाम्रा मतभेदहरू छन्, जुन कहिलेकाहीँ धेरै आधारभूत र केन्द्रीय हुन्छन् र समाधान हुन सक्दैनन्, तर हामीले उनीहरूको लागत घटाउन र तनाव कम गर्न व्यवस्थापन गर्नुपर्छ ।”
द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो । समिति सभापति रामहरि खतिवडाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिए । उनले भने, “नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरकोे छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौँ ।”
जलवायु परिवर्तनले पारेका असरप्रति विकसित देशलाई गम्भीर बनाउन राष्ट्रपति पौडेलको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो ।
अभिनेत्री अक्षरा सिंहलाई ज्यानमार्ने धम्की
भोजपुरी अभिनेत्री अक्षरा सिंहलाई ज्यानमार्ने धम्की आएको छ । एक अज्ञात व्यक्तीले फोन गरेर ५० लाख मागेको र नदिएमा मार्ने धम्की दिएको अभिनेत्रीले बताएकी छन् ।अभिनेत्रीका अनुसार नोभेम्बर ११ मा अबेर राती एक अपरिचित नम्बरबाट उनलाई कल आएको थियो । दुई पटक कल गरेर आफुलाई धम्की दिएको उनले बताइन् । यस विषयमा अक्षराको तर्फबाट पटनाको दानापुर प्रहरी चौकीमा उजुरी परेको छ । अनुसन्धान पुष्टि भएपछि एफआइआर दर्ता गरिने प्रहरीले बताएको छ । यसअघि बलिउड अभिनेता सलमान खान र शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएकाे थियाे । धम्की आएयता सलमानको सुरक्षा बढाइएको छ ।
यसरी बन्यो ‘रैँया चाँदीको...’
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता÷दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक सुनिएको÷हेरिएको छ । गायक आशिष अविरल र गायिका मेलिना राईद्वारा स्वरबद्ध उक्त गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छभने शब्द नवराज पन्तले लेख्नुभएको हो । ठेट शब्द, मौलिक भाका र गायकीका कारण उक्त गीत श्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएको हो । दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ । गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको...’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो । गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाउनुभयो ।
द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ । समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचेभन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो । समिति सभापति रामहरि खतिवडाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना अहोरात्र खटेर आयोजना सम्पन्न गर्ने दिशामा अघि बढिहरकोे छ । केही व्यवधान छन् भने त्यसलाई छलफलका माध्यमबाट समाधान गर्न सकिन्छ । सन्तोषजनक रुपमा काम भएको छ । सेनालाई धन्यवाद दिन चाहन्छौँ ।”
रास्वपाले स्थानीय तह उपनिर्वाचनमा छान्यो उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक निर्वाचन प्रक्रियाबाट आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोट गरेको छ । बुधवार पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले उम्मेदवार टुंग्याएको हो
गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले गरेआत्मसमर्पण
आफूले चलाएको गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् । भुजेलले चलाएको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार एक पुरुष र महिला घाइते भएका छन् । उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । महिलाको स्थिति गम्भीर रहेको छ ।
धनराज गुरुङसंग सीआइबीले लियो बयान
नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे सोधपुछ गरेको छ । गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर घटना विवरण कागज गराएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । गुरुङसँग अनुसन्धान अधिकृतहरुले बुधवार मध्यान्ह १२ बजेदेखी ५ बजेसम्म सोधपुछ गरेका हुन् । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।
युएईलाई हराउँदै नेपाल पहिलोपटक महिला टि–२० विश्वकपमा छनोट
युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ ।युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ ।युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
प्रतिक्रिया