मदिराको नशामा भान्जाको हत्या गर्ने मामा प्रकाउ

मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई  प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

मगलवार विहान अर्घाखाँचीको शितगंगा नगरपालिका ६ सानाढुंग्रेस्थित भिरपाखोमा बस्ने वर्ष ३५ को तिलक रेश्मी मृत अवस्थामा नजिक भिरपाखोमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा अर्घाखाँची शितगंगा नगरपालिका ६ बस्ने वर्ष ५३ को आफनै मामा  झन्द्रबहादुर गाहा घटनामा संलग्न प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरी प्रकाउ गरी ५ दिनका लागि अदालतबाट म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

२६ गते राति मामाभान्जाले सँगै बसेर मादक पदार्थ सेवन गर्दा गाहाले रेश्मीलाई गालीगलौज गरेको अनुसन्धानबाट खुलेको सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो । रेश्मीले पछि मलाई किन गालीगलौज गरेको भनी गाहाको घरमा सोध्दा ढुङ्गाले टाउकोमा हानेपछि घटना घटेको प्रहरीको भनाइ रहेको छ।

मगलवार रेश्मी बिहानसम्म घरमा नआएपछि  श्रीमतीले खोजतलास गर्न जाँदा शितगंगा नगरपालिका ६ स्थित मनोजबहादुर गाहाको खर्यान भिरपाखोमा शरीरको विभिन्न भागमा चोटपटक लागेको मृत अवस्थामा फेला पार्नुभएको थियो ।

राजस्थानः नरेश मीनाको गिरफ्तारीको विरोधमा प्रदर्शन रोक्न प्रहरीद्वारा अश्रु ग्याँसको गोली प्रहार

राजस्थानः नरेश मीनाको गिरफ्तारीको विरोधमा प्रदर्शन रोक्न प्रहरीद्वारा अश्रु ग्याँ…

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री  ओलीलाई ज्ञापन पत्र बुझाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता,  विकसित देशले गरेका जलवायु परिवर्तनका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड

राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता, विकसित देशले गरेका जल…

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्…