रास्वापाको भैरहवामा विरोध प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले बुधबार रूपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेको छ । रास्वपाले भैरहवाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले 'न्याय मार्न पाइँदैन, अन्याय गर्न पाइँदैन'सहितका नारा लगाएका थिए । सभापति लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिएर दु:ख दिने काम गरेको उनीहरूको भनाइ छ ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा पुर्याइएको थियो । प्रदर्शनकारीले जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो । त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।
प्रतिक्रिया