रवि लामिछानेकाे मनोबल उच्च छ, हतास हुनुभएको छैन : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने प्रहरी हिरासतमा हतास नदेखिएको बताएको छ ।
रास्वपा केन्द्रीय समितिद्वारा मंगलबार जारी सन्देशमा लामिछानेमा मनोबल उच्च रहेको उल्लेख छ । सन्देशमा भनिएको छ, ‘…भेट्न जाने सबैजनालाई विश्वासका साथ रवि लामिछानेमाथि अन्याय भयो भन्ने सन्देश प्रवाह गरिरहनुभएका र अवसरहरू गुम्ला भन्ने डर नराखी बोलिराख्नुभएका दलभित्र र दलबाहिर एवं देशभित्र र देशबाहिर रहनुभएका समस्त आदरणीय शुभेच्छुक, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई मनैदेखि आभारी रहेको कुरा पनि सुनाइदिन भन्नुभएको छ ।’
लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको रास्वपाको ठहर छ । साथै, रास्वपाले लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाइँमा लड्ने प्रस्ट पारेको छ ।
प्रतिक्रिया