वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

कुलमान र सरकारबीचको विवाद झनै चर्कियो, कसरी समाधान हुन्छ विद्युत बक्यौता विवाद ? 

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको विवाद फेरि बल्झिएको छ। घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगको लाइन काटेका बेला सरकारले लाइन जोड्न निर्देशन दिएको छ। त्यति मात्र होइन महसुल तिर्ने अवधि १५ दिन थप गरिदिएपछि घिसिङ झनै आक्रोशित भएका छन्। घिसिङले बक्यौता रकम फरफारक नभइ विद्युत लाइन जोडन नसकिने बताइरहेका बेला आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलनमा ‘सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने’बताए।

https://barnanmedia.com/news/detail/202707/ 

न्यायिक आयोगमा पनि बदमासी, न्यायाधीशहरूलाई अवकाशपछिका नियुक्ति पूर्ण निषेध जरूरी 

अभिलेखमा प्राप्त विवरणअनुसार, सर्वोच्च अदालतबाट अवकाश हुने न्यायाधीशहरू ७२ जना छन् । यस्तै ३१ जना प्रधानन्यायाधीशबाट बिदा भएका छन् । यी दुवैथरी गरी अवकाश पाउने न्यायाधीशको संख्या सय नाघ्छ । यीमध्ये केहीले लौकिक जीवनबाटै अवकाश पाइसकेका छन् । धेरैचाहिँ जीवित र नै छन् । तर यीमध्ये सीमित केही न्यायाधीश छन् जसले अवकाशपछि पनि बारम्बार कुनै न कुनै सरकारी कामकाजको जिम्मेवारी पाइरहेका छन् । यसरी नियुक्ति पाइरहने पूर्वन्यायाधीशमा पर्छन् गिरीशचन्द्र लाल। टीकापुर नरसंहारको न्यायिक जाँचबुझ गर्न गठित आयोगमा तिनै लाल थिए । पछिल्लोपल्ट उनले विद्युत प्राधिकरणको बक्यौता विवाद जाँचबुझ आयोगको नेतृत्व गर्ने अवसर पाए । उनको यो प्रतिवेदन सोमबार मात्र सार्वजनिक भएको छ । 

https://barnanmedia.com/news/detail/202722/ 

सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल 

 प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र  सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।

https://barnanmedia.com/news/detail/202851/ 

ठूला नामहरूले शिखर सम्मेलन छाड्दा अजरबैजान कोप२९ मा जीवाश्म इन्धनको पक्षधर 

अजरबैजानमा मङ्गलबार भएको संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनको आयोजकले कोप२९ सम्मेलनमा दर्जनौँ विश्व नेताहरू आइपुगेपछि जीवाश्म इन्धन र देशहरूको प्राकृतिक स्रोतहरूको दोहन गर्ने अधिकारको पक्ष लिएको छ । पचहत्तरभन्दा बढी नेताहरू आउने अपेक्षा गरिएको छ तर धेरै शीर्ष प्रदूषणकारी राष्ट्रका प्रमुखहरूले यो जलवायु सङ्कट वार्तालाई छोड्दैछन् । सम्मेलनमा डोनाल्ड ट्रम्पको चुनावी विजयको प्रभावलाई हेरिएको छ । विश्वकै लगभग ८० प्रतिशत विश्वव्यापी तापक्रम उत्सर्जन गर्ने जी–२० राष्ट्रका मुठ्ठीभर नेताहरू बाकुमा दुई दिनभन्दा बढी नहुने अपेक्षा गरिएको छ ।आयोजक अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले अजरबैजानलाई जीवाश्म इन्धनको प्रयोगका लागि ‘निन्दा र ब्ल्याकमेल’ गरिएको भन्दै कुनै पनि देशलाई आफ्ना प्राकृतिक स्रोतहरूका लागि दोष दिइन नहुने बताउनुभयो ।

११ बुँदे माग राख्दै त्रिविमा अनेरास्ववियुकाेआन्दोलन सुरु 

सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न ११ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन सुरु गरेको छ । मंगलबार अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले ११ बुँदे मागको सूची उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा टाँसेका छन् । आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले जानकारी दिए । अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वतः करार गर्न खोजेको भन्दै रोक्न माग गरेको छ । उसले त्रिवि सेवा आयोगमार्फत लेक्चरर र कर्मचारीको विज्ञापन तत्काल प्रकाशन गर्न र त्रिवि सेवा आयोगको परीक्षा सञ्चालनका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

चिसो मौसममा मोजा लगाएर सुत्नु स्वास्थ्यका लागि यति धेरै खतरनाक 

चिसो मौसममा मोजा लगाएर सुत्नु खतरनाक हुन सक्छ। यसले छालाको क्यान्सर र मुटुसँग सम्बन्धित रोगहरू पनि निम्त्याउन सक्छ। यति मात्र होइन अन्य धेरै समस्याले पनि सताउन सक्छ । जाडो मौसम सुरु हुनासाथ मानिसहरुले आफ्नो शरीरलाई न्यानो राख्न विभिन्न उपाय अपनाउने गर्दछन् । चिसोबाट बच्न ऊनी कपडा वा मोजा लगाएर सुत्नु सामान्य कुरा हो तर के तपाईलाई थाहा छ मोजा लगाएर सुत्नु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । यसले चिसोबाट राहत दिन्छ, तर स्वास्थ्यमा गम्भीर हानि पुर्‍याउन सक्छ। यस्तो अवस्थामा जाडोको दिनमा मोजा लगाएर सुत्नु किन खतरनाक हुन्छ, यसले हाम्रो स्वास्थ्यलाई के हानि पुर्‍याउँछ भन्ने बारे जानाैं ।

किसानलाई अनुदानमा गहुँको बीउ
 

लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।  आर्थिक वर्ष २०८१/८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत अनुदानमा आजदेखि किसानलाई गहुँको बीउ वितरण सुरु गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिनुभयो । उहाँले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताउनुभयो । , प्रतिकिलोग्राम रु ८५ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । “यसमा गहुँको ढुवानी खर्च खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ”, नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भन्नुभयो ।  

सिरिजङ्गा–३ को उपनिर्वाचनः अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे 

 ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । वैदेशिक रोजगारीमा जानुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो । निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको छ, जसमा कुञ्जारी मतदानस्थलमा एक हजार २६ मतदाता छन् । कुञ्जारीमा पाँच सय ५७ पुरुष र चार सय ६९ महिला छन् भने ओसे मतदानस्थलमा दुई सय ८७ पुरुष र दुई सय १५ महिला गरी पाँच सय दुई मतदाता रहेका छन् ।

सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे 

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि माग दाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो । सोमबार एक हजार ६०० पीडितले रु सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले राससलाई जानकारी दिनुभयो ।  सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो । प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो । सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो । समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन् । बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ ।

सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल
 

प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र  सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन :  हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं (सम्बोधनको पूर्णपाठ) 

बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गर्नुभएको छ । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो । (सम्बोधनको पूर्णपाठ)  सम्मानीय राष्ट्रपति रामचन्द्र पौडैलज्यूले जलवायुपरिवर्तनसम्बन्धी पक्षराष्ट्रहरुको २९ औं सम्मेलन, अजरबैजानमा गर्नुभएको सम्बोधन 

बेलायतले सन् २०३५ सम्ममा हरित गृह ग्यास उत्सर्जनमा ८१ प्रतिशतले कटौती गर्ने 

बेलायतले सन् २०३५ सम्ममा सन् १९९० को स्तरमा हरित गृह ग्यास उत्सर्जन ८१ प्रतिशतले घटाउने लक्ष्य राखेको प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार घोषणा गर्नुभएको छ । उहाँको सरकारले जलवायु परिवर्तनमा आफ्नो महत्वाकांक्षा बढाइरहेको छ ।लन्डनको अघिल्लो सरकारले सन् २०२१ को तुलनामा यसै अवधिमा यस्तो उत्सर्जनलाई ७८ प्रतिशतले नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको थियो । अजरबैजानको बाकुमा कोप२९ जलवायु सम्मेलनको सुरुआतमा भाग लिँदा स्टार्मरले नयाँ लक्ष्य घोषणा गर्नुभयो । सम्मेलनमा उहाँ प्रमुख अर्थतन्त्रका एक मात्र जी–२० नेताहरू मध्ये एक हुनुहुन्छ ।

दीपक मनाङे डिल्लीबजार कारागार चलान अब २ वर्ष ४ महिना कारागारमा बस्नुपर्ने 

ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन्। मंगलबार काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई डिल्लीबजार कारागार पठाएको हो। मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने ।

सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने 

नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार एक सूचना प्रकाशित गरी नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट काठमाडौं– धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) यही कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने जनाएको छ। उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेकका सवारी साधन संचालनमा आंशिक रुपमा रोक लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जनाएका छन्। 

सहकारी प्रकरणमा छानबिन गरियोस्, तयार छु : धनराज गुरुङ 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा आफ्नो नाम जोडिएको र छानबिनमा सघाउन तयार रहेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले पछिल्लो समय आफुविरुद्ध अनर्गल प्रचार भएको र छानबिनको लागि तयार भएको बताएका हुन्।  उनले भनेका छन्, 'म निष्ठापूर्वक कहीँ कतै नचुकिकन भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु।  मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानबिन गर्न सक्नेछन्। म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु।” 

बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्नेबारे योजना अघि सार्नुभएको छ ।  छिमेकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यले व्यापार र लगानीको बारेमा आज भएको विज्ञसहितको कार्यशालामा रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्तासमक्ष योजना अघि सार्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  “बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आह्वान गर्ने काम भएको छ । यसबाट आउने नतिजाको आधारमा थप प्रक्रियाअघि बढाइने छ । यसका साथै प्रदेश राजधानी सहरलाई नमूना बनाउने र राजधानी सहरलाई सडक सञ्जालबाट जोड्ने गरी बृहत् योजना अघि सारिएको छ । 

रास्वपा पदाधिकारीहरुविरुद्ध अवहेलना निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार 

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय पदाधिकारीहरुविरुद्ध पेश भएको ‘अदालतको अवेहलना’ निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्चका सहरजिष्ट्रार अच्युत कुईकेलले ‘कहाँ कुन घटनाले कसरी अदालतको अवहेलना भएको हो ?’ भन्ने विवरण नखुलाइएको भन्दै रिट निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने आदेश गरेका हुन् । सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् ।अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रिय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिकप्रगति समीक्षा सम्पन्न 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको प्रगति समीक्षा सम्पन्न गरेको छ ।  आज यहाँ सम्पन्न बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखहरूले प्रस्तुतीकरण राख्नुभएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च हुन नसक्नुका कारण पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्न सुझाव दिनुभयो ।  

बबरमहलमा धर्ना दिइरहेका व्यक्तिहरूसँग हाम्राे कुनै सरोकार छैन् : नेपाल टेलिकम 

नेपाल टेलिकमले बबरमहलस्थित दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बाहिर धर्ना दिइरहेका व्यक्तिहरूसँग आफ्नो कुनै सरोकार बताएको छ । कात्तिक १२ देखि केही व्यक्तिले केन्द्र बाहिर दिएको धर्नाले सर्वसाधारण र सञ्चारमाध्यममा केही भ्रम उत्पन्न भएको भन्दै टेलिकमले प्रष्टीकरण जारी गरेको छ । टेलिकममा लामो समयदेखि सरसफाइमा कार्यरत जनशक्तिहरूलाई राजनीतिक आस्थाका आधारमा निकालिएको भन्दै एक समूहले धर्ना दिँदै आएको छ । आफूहरुलाई बिनासूचना र सेवासुविधा कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बसेका छन् । धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गरेकोसमेत उनीहरूको आरोप छ । 

रवि लामिछानेसगँ बयान भोलि पुन: लिइने 

सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान स्थगित गरिएको छ। मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको मङ्गलबार बयान नसकिएपछि बुधबार बिहान लिने गरी स्थगित गरिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले समय अभावका कारण मङ्गलबार बयान नसकिएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा लगिएको जानकारी दिइन्। लामिछाने आज जिल्ला प्रहरी कार्यालयमै रहने छन्। लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतको अलग्गै कोठामा राखिने प्रहरीले जनाएको छ। 

दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु, दर्जनौँ घाइते 

दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ । सोमबार नै यो घटनाको जानकारी दिइएको थियो । तर त्यस बेला प्रहरीले केही मानिसहरू घाइते भएको मात्र बताएका थिए भने सामाजिक सञ्जालबाट घटनाका भिडियोहरू हटाइएको देखिन्थ्यो । तर मङ्गलबार प्रहरीले झुहाई खेलकुद केन्द्रमा ‘गम्भीर र दुर्भावनापूर्ण आक्रमण’ भएको र मृतकको सङ्ख्या ३५ पुगेको खुलासा गरेको छ । 

खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन : रवि लामिछाने 

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले 'खोरमा थुनिँदैमा बाघ स्याल नहुने' बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालयमा रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा रविले समर्थकहरूलाई हेरेर भने– 'खोरमा थुनिदैमा बाघ स्याल हुँदैन ।'