मौसम खुलेसँगै रविलाई भैरहवा पठाइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वयानका लागि रुपन्देही लगिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि वयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको हो । ७ बजेको जहाज उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो ।