कालीकोट जिप दुर्घटनाका मृतक र घाइते पहिचान खुल्याे(सुचिसहित)
पलाता गाउँपालिका–३ राडुनेटामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । पलाता गाउँपालिका–५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको क. १ ज. ५६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक टेक बहादुर रावतसहित ११ जनाको टोली खटिएको थियो ।थप उद्धारका लागि प्रहरी चौकी थिर्पु र पचालझरनाबाट पनि प्रहरी टोली परिचालन गरिएको छ ।घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब पाँच घण्टाको दूरीमा रहेकोले उद्धार कार्यमा कठिनाइ प्रहरी निरीक्षक रावतले बताए ।
मृतक ६ जनाको पहिचानः
१) दसकला शाही, पलाता गाउँपालिका कालीकोट–६
२) पदम बम, पलाता गाउँपालिका
३) भगवति रोकाया, पलाता गाउँपालिका
४) गणेश शाही, पलाता गाउँपालिका
५) छाया शाही, वडा नं. ५, पलाता गाउँपालिका
६) दमन रोकाया, वडा नं. ३, पलाता गाउँपालिका
घाइते १३ जनाको विवरण:
१) केशब थापा, पलाता गाउँपालिका कालीकोट –६
२) किशोर थापा, पलाता–६
३) विजय थापा, पलाता–६
४) रिदम शाही, पलाता–६
५) प्रतिक्षा शाही, पलाता–६
६) आशिष रोकाया, पलाता–६
७) भुपेन्द्र रोकाया, पलाता–६
८) दान बहादुर रोकाया, वडा नं. ३, पलाता
९) निर्मला रोकाया, पलाता–६
१०) जगत रोकाया, पलाता–६
११) चालक धनिराम रावत (वतन नखुलेको)
१२) दोलि बिक, वडा नं. ५,
१३) आयुशा बिक, वडा नं. ५
घाइते सबैलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको छ ।
प्रतिक्रिया