वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
रविको पार्टी ध्वस्त पार्न प्रचण्ड होलान् त सफल ?
झट्ट हेर्दा अहिले रवि लामिछानेलाई जेल हाल्ने नेपाली कांग्रेस र नेकपा एमाले देखिन्छन् । किनभने यी दुवै दल मिलेर सरकार चलाइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्ष छन् भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री । शरणार्थी काण्डसँग जोडिएकी आरजु राणा पनि सरकारमै छन् । यो सरकारले रविलाई नफसाएर कसले फसाउँछ त भनेर सडकदेखि सञ्जालसम्म चिच्याउनेको कमी छैन । रास्वपाले त राजनीतिक प्रतिशोध भन्दै अदालतबाहिर उभिएर ओलीविरुद्ध नाराजुलुस गर्दै आएको छ । रविलाई समात्नुअघि अदालतले नै पक्राउ अनुमति दिएको र अहिलेसम्म थुनामा राखिराख्नका लागि पनि अदालतले नै म्याद थप गर्दै आएको भन्ने कुरा नयाँ पार्टीले नबुझेको हो या बुझेर पनि बुझ पचाएको हो, बुझ्न गाह्रो भइरहेको छ ।
https://barnanmedia.com/news/detail/202105/
प्रधानमन्त्रीको चीन भ्रमण अघि पोखरा विमानस्थलमा चिनियाँ विमानको उडानको अर्थ के ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ महिनापछि अन्तर्राष्ट्रिय उडान भएको छ। विमानस्थल सञ्चालनमा आएको दुई वर्षमा योसहित दुई पटक मात्र अन्तर्राष्ट्रिय उडान भएको छ, यी दुबै उडान चीनबाट भएका हुन्। चीनको ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान अझै हुन सकेको छैन। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण अघि चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि बिहीबार दोश्रो अन्तर्राष्ट्रिय उडान गनुको भने अर्थ छ। किनकी यो विमानस्थल भू राजनीतिसँग पनि जोडिएको छ।
https://barnanmedia.com/news/detail/202104/
दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।हाल बजारमा रहेका पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड–शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेकोले त्यसलाई रोक्न आफूले ‘दुर्गा’ राइड–शेयरिङ्ग ल्याउन लागेको प्रसाईंले बताए।दुर्गाले राइडरबाट कुनै पनि प्रकारको कमिसन लिने छैन् भने दर्ता शुल्क पनि लाग्ने छैन् । यो गैर नाफामुलक रूपमा सञ्चालन हुने जनाइएको छ । यसले १० हजार ट्याक्सी व्यवसायी र २ लाख बाईक राइडरहरूलाई फाइदा पुर्याउने प्रसाईको विश्वास रहेको छ ।
https://barnanmedia.com/news/detail/202169/
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फोटो प्रदर्शनी
पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा तस्बिर प्रदर्शनी गरिएको छ । खेलकुदका माध्यमबाट दुुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आयोजित प्रतियोगिताका अवसरमा दुई देशमा भएका विभिन्न खेलकुदलगायत गतिविधि समेटिएका तस्बिर प्रदर्शनीमा राखिएको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुल्याे
नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० वर्षीय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, सोही ठाउँकी ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साह रहेका छन् ।
बागलुङमा दम्पती मृत फेला
बागलुङको बडिगाडमा श्रीमान्श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् । बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ । गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।
उपचुनाव हुने ४२ वटै पदमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत
आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसम्मत भएका छन् । निर्वाचन विभागका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । केही ठाउँमा निर्णय हुन बाँकी भए पनि उम्मेदवार टुंगिसकेको बताइएको छ । विभागका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारबारे निर्णय हुन बाँकी छ ।एमालेले शनिबार बोलाएको सचिवालय बैठकबाट उपचुनावका उम्मेदवार टुंग्याउदैछ । तर तल्लो कमिटीबाट सर्व सहमतिबाट नाम आएकाले सचिवालयबाट उम्मेदवारहरू अनुमोदन मात्र हुने नेताहरूको भनाई छ ।
अफगानिस्तानका हजार भन्दा बढी पूर्व सरकारी अधिकारी स्वदेश फिर्ता
अफगान व्यक्तित्वहरूको सम्पर्क तथा स्वदेश फिर्ता आयोगले अप्रिल सन् २०२२ देखि एक हजार आठ जना भूतपूर्व सरकारी सदस्यहरू आफ्नो देश फिर्ता भएको आयोगको प्रवक्ता अहमदउल्लाह वासिकले भन्नुभएको छ । मन्त्री, सेनापति, गभर्नर र कमाण्डर लगायत अफगान व्यक्तित्वहरूसँगको सम्पर्क मार्फत पूर्व अधिकारीहरू स्वदेश फर्किएका वासिकले बताउनुभयो । देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालेको छ । अगस्ट सन् २०२१ मा तालिवानले कब्जा गरेपछि धेरै अफगान सुरक्षा बल र निजामती कर्मचारीहरूले अफगानिस्तान छोडका थिए ।
यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने
एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । एसिसीले शुक्रवार जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ । ५० ओभरमा हुने खेल युएईमा आयोजना हुदैछ । एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित गरेका छन्। शुक्रबार पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा सभापति देउवाबाट २८ जना सदस्य मनोनित गरेको सार्वजनिक गरेका हुन्।
पाथीभरा केबलकार शिलान्यासका क्रममा ढुंगा हानाहान हुँदा चार जना गम्भीर घाइते
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार शिलान्यासका क्रममा ढुंगा हानाहान हुँदा चार जना गम्भीर घाइते भएका छन् । फुङलिङ नगरपालिका–१० स्थित पाथीभरा केबलकार शिलान्यासको विषयमा दुई पक्षबीच उत्पन्न विवादले उग्ररुप लिँदा कुटाकुट भएको बताइन्छ । घटनामा स्थानीय चन्द्र मादेन, दामोदर अधिकारी, कुमार शेर्पा र अर्जुन लिम्बु घाइते भएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि मादेनलाई त्यहाँबाट अन्यत्र रिफर गरिएको छ । अन्य दुई जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपका क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रदर्शनकारीले पर्यटन प्रहरीको भवनमा तोडफोड गरेको बताइन्छ ।
‘निराशालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्छ’
नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस डडेल्धुराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सय दिने अवधिमा गरेका कामको समीक्षा गर्दै संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारको सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको छ । त्यसैले जनसन्तुष्टिका लागि काम गर्नुको विकल्प छैन”, नेता महरको भनाइ थियो । पार्टी शिक्षा विभाग प्रमुखसमेत रहनुभएका केन्द्रीय सदस्य महरले संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले मङ्सिर पहिलो हप्तादेखि विमर्श अभियान सुरु गर्ने जानकारीसमेत दिनुभयो ।
ताप्लेजुङमा ट्रक दुर्घटना एकजनाको मृत्यु, दुई घाइते
मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डअन्तर्गत पाँचथरको भारपामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। हिलिहाङ-६ ढकालगाउँ नजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटनामा पर्दा हिलिहाङ-३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी ट्रकमा सवार इलाम सुर्योदय नगरपालिका-१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र झापा चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते छन्। उनीहरुको शरीरका विभिन्न अंगमा चोट लागेको छ। अवस्था जटिल रहेकोले उनीहरुलाई पाँचथर अस्पतालबाट झापास्थित बीएन्डसी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार गरी दुई पटक अवलोकन–निरीक्षण भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । यसअघि कार्यालय पनि क्षतिग्रस्त सडक पुनःनिर्माणबारे जाइकाको निर्णयको पर्खाइमा थियो । जाइकाको प्राविधिक टोलीद्वारा दुईपटक अवलोकन निरीक्षण भइसकेको र आगामी डिसेम्बर पहिलो हप्तासम्ममा प्रतिवेदनसहित निर्णय आउने कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार जाइकाको निरीक्षण–प्रतिवेदनसँगै नेपाल सरकारले पनि पुनःनिर्माणको तयारी गरिरहेको छ ।
नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन
नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्नुभएको थियो। उहाँले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो।
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) तिर्न थालेका छन् । ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी ध्रुवप्रसाद पाण्डेकाअनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डिएसटी तिर्न थालेका हुन् । आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवा कर (डिएसटी) को व्यवस्था ल्याएको थियो । यो व्यवस्था कार्यान्वनयमा आएको दुई आर्थिक बितिसक्दा पनि नेपालमा विद्युतीय सेवा दिइरहेका सबै कम्पनीलाई डिएसटीमा आवद्ध गर्न भने सकिएको छैन ।
हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल
अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गर्नुभएको हो । हवाई भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेकोलगायतका विषयमा पर्यटनमन्त्री पाण्डेले परराष्ट्रमन्त्री, श्रम तथा रोजगारमन्त्रीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिसँग हवाई भाडावृद्धिबारे छलफल गर्नुभएको हो ।त्यसअवसरमा वैदेशिक रोजगारीमा जानेका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि लगाइएको रोक खुला गर्ने तथा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
कर्णाली याक्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ । नक्सालमा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो टोलीको जर्सी सार्वजनिक गरेको हो । पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णालीका मार्की सोमपाल कामी, टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरेका हुन् । प्रशिक्षक ज्ञानेन्द्रले नेपाल क्रिकेट संघ (क्यान)बाट उक्त जर्सी स्वीकृतिपछि मात्र सार्वजनिक गरिएको बताए ।
टर्किएबाट करिब चार हजार मानव तस्कर पक्राउ
टर्कीएका सुरक्षा बलहरूले वर्षभरि मानव बेचबिखन सङ्गठनहरू विरुद्ध छ हजार ३३९ अभियानहरू सञ्चालन गरेको छ । उक्त अभियानको क्रममा तीन हजार ९२४ जना तस्करहरूलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भन्नुभएको छ । येर्लिकायाले विगत दुई हप्तामा देशव्यापी ४१ प्रान्तहरूमा सञ्चालन गरिएको ‘शिल्ड–२८’ अपरेसनमा मात्रै २५७ मानव तस्करहरू पक्राउ परेका बताउनुभयो । “हाम्रो देशलाई अव्यवस्थित आप्रवासनका लागि लक्षित र ट्रान्जिट रुटमा परिणत गर्न खोज्ने तस्करहरूलाई कुनै ठाउँ नछोड्न हामी प्रतिबद्ध छौं ।”
प्रतिक्रिया