मितेरी सहकारीका ज्योति गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेर फरार रहेका उनीहरुविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको हो । त्यसका लागि सहकारी पीडितको जाहेरीको आधारमा नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।

गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी पनि हुन् ।