एमबाप्पेले दुई खेल गुमाउने
फ्रेन्च कप्तान किलियन एमबाप्पेले दुई खेल गुमाउने भएका छन्।
युइएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्ध हुने खेलमा उनि उपलब्ध हुने छैनन्।
२५ वर्षीय एमबाप्पे भर्खरै चोटमुक्त भएकाले जोखिम लिन नचाहेर टोलीमा समावेश नगरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बताए।
फ्रान्सले नोभेम्बर १४ मा इजरायल र त्यसको चार दिनपछि इटालीको सामना गर्नेछ। यस्तै, एमबाप्पेले चोटका कारण फ्रान्सका पछिल्ला दुई खेल पनि गुमाएका थिए।
प्रतिक्रिया