नगन्य शो बाट सुरू भाको  ‘पूर्ण बहादुरको सारङ्गी’ ले आफूलाइ कहाँ  पुर्यायो ?

काठमाडौँ, २३ कात्तिकः नाम नतोकेरै सिनेकर्मी निश्चल बस्नेत अर्का सिनेकर्मी तथा हल संचालक दीपक राज गिरी माथी खनिए । सामाजिक  संजालमा उनले राखेको पोस्ट दिपक कै लागि थियो भनेर बुझ्न समय लाग्दैन।

सुरुमा दिपक राज गिरीको पोस्ट हेरौ : “प्राय:हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौ  तर हेरौ त …नगन्य शो बाट सुरू भाको  ‘पूर्ण बहादुरको सारङ्गी’ ले आफूलाइ कहाँ  पुर्यायो ? यो भन्दा पहिला १२ गाउँ त्यस्तै , समस्या कहाँ  रहेछ त ?”

यो पोस्ट निश्चललाई फिटिक्कै मन परेन छ र उनको प्रतिउत्तर निस्किहाल्यो । अनि लेखे : “कोही सिनेकर्मी जो आजकाल हलपनि चलाउछन.. ले मौका पाएर ठुलो गफ छाडिहालेछन , नेपाली सिनेमाले राम्रो गर्दै गएपछी शो बडेको बडै छ त भन्दै । हो हजुर हो ।

बिदेशी सिनेमा राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी त्यही दिमागले नेपाली सिनेमा पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? 

सधै नेपाली सिनेमाले चै प्रमाणीत गरिरहनु पर्ने हो , निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ .. बिदेशी सिनेमाको शो घटाईएर नेपाली सिनेमालाई दिएका छौं भनेर भ्रम नछर्दा हुन्छ..  नेपाली सिनेमाले दर्शक खोजेको हो , हलसम्म आफ्नो बलबुताले ल्याएको हो ।

यो सिनेमाले राम्रो दाम ल्याउछ भनेर प्रमाणीत गरेपछि मात्र शो थपिएको हो। बिदेशी सिनेमा पनी हात्ती आयो हात्ती आयो फुस्सा भएपछी शो घटाईएको हो !!   कमसेकम सिनेमा बनाईरहेको ब्यक्तिले यतिसम्म बोल्लान सोचेको थिईन … बोल्नु भयो , ठिक गर्नुभयो …चिनियो .. !”

अब फ्याट्टै जवाफ दिएर नै परिचित दिपक मौन रहने कुरै भएन । उनले फेरि बोलेरै मौन रहन उत्तम भन्दै लेखे,“संसारमा सबै प्रश्नका उत्तर हुन्छन् तर मौनता  सबैभन्दा राम्रो र जटिल उत्तर हो !”

दशैं मै आएको सिनेमा “बेहुली फ्रम मेघौली” लाई दर्शकको राम्रो साथ मिल्दै थियो । तर बिदेशी सिनेमा आउनासाथ उक्त सिनेमाको शो संख्या  घटाईयो । फलत: निर्माता निश्चल बस्नेतले सिनेमा हलबाट उतारेर ओटिटी प्लेटफर्ममा लगाईदिए । केही समय अघि मात्रै यति भएको तर अचानक दिपकले नेपाली सिनेमाले शो बढाए भन्दै लेखेको पोस्ट निश्चललाई बिझाएछ र उनी आक्रोशित भए ।

हाल नेपाली सिनेमाले बजार तताएको छ । फरक फरक जनराकै सिनेमा दशैं तिहार को अवसरमा चलिरहेका छन् । तर आफुलाई दुख्दा मात्रै ऐया हुने प्रवृतिले नेपाली सिनेकर्मीलाई छोडेको छैन् । थोरै मात्र यस्ता सिनेकर्मी छन जसले नेपाली सिने जगतकै भलाईका लागि आफू र आफ्ना सिनेमालाई दाउमा हाल्ने गर्छन । निश्चल ती नै मध्य एक नाम हो । हुन त दिपक राज जस्ता हलवालाहरु त सुरुमा बिदेशी सिनेमालाई शो नै शो दिएर नचले पछि नेपाली सिनेमलाई दिइएको भन्दै वाहवाही कमाउन खोज्छन् ।

सिने जगतमा केही छैन भने त्यो एकता नै हो । आफ्ना लागि मात्रै बोल्ने पुरानै परिपाटी छ । होइन भने एउटा शो मात्रै भए पनि देउ भन्दै सामाजिक सन्जालमा रोईलो गर्नु पर्ने थिएन अर्जुन कुमारले । उनको सिनेमा ‘सानो संसार’ अधिकाशं दर्शकले मन पराएका छन् । तर अन्य सिनेमाहरुको चेपुवामा परेको कारण दर्शक पाउँद पाउँदै पनि यसका शोहरु घटाउदै दिन छोडिएको छ र, अर्जुनले लेख्न परेको छ ।

“हल संचालक साथीहरु ‘सानो संसार’लाई एक एक शो सबै हलहरुले दिनु न ‘सानो संसार’लाई एक शो दीदा तपाईलाई घाटा हुदैन ! जून टाइममा भय नी हुन्छ ।”

उनको समर्थनमा एकाध बाहेकका सिनेकर्मी बोलेका छैनन् । कारण यो माधव वाग्ले र अर्जुन कुमारको मात्रै सिनेमा हो । उनीहरुको होईन । यही मनस्तितिले चलिरहेको छ नेपाली सिने जगत ।

सिनेमा ‘ह्रस्व दिर्घ’को मुख्य भुमिकामा छिन नायिका गरिमा शर्मा । दुर्घटनाका कारण ट्रेलर रिलिज कार्यक्रममा उनी ढिला पुगिन । उनले माफी पनि मागिन । तर परिस्थिति बस् ढिलो पुगेकी गरीमालाई टिमले अपनत्व देखाएन अझ भनौ देखाउन जरुरी सोचेन । हरिहर अधिकारी, नीता ढुङाना र चन्द्र पन्त कै साथ बसेकी उनी किन त्यहा थिइन भनेर बिझाएझै देखिन्थ्यो ।

कहिले आफ्नै सिनेमाका कलाकालाई अपनत्व महसुस नगराउने त कहिले प्रकाश सपूत जस्तो आफ्नै सिनेमालाई लात हान्न खोज्ने सम्मको टिम र कलाकार छ नेपाली सिने जगतमा । मिलेर अघि बढौ भन्ने मानसिकता नै बिकास हुन नसकेको हो या त अरुको असफलतामा “काखी बिझाउने” नियती । सबैले सोच्ने समय आएको छ । होइन भने केही समय चलेको सिने जगत आफ्नै फूटको कारण फेरि कोरोना कालम झै सुस्ताउन पनि सक्छ ।