कमलाले चुनाव हारेपछि बाइडेनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष
चुनावी नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरे । आफ्नो कार्यकाल सकिन ७४ दिन बाँकी रहेकोमा राष्ट्रपति बाइडेनले आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरेर विदा हुन चाहेको बताए ।
उनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ। देशले जे चाहान्छ, यहाँको नेतृत्व उसैले गर्छ ।' राष्ट्रपति बाइडेनले चुनावमा पराजय भएपनि उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया