रास्वपाले तोक्येा उपनिर्वाचनको उम्मेदवारी शुल्क
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिरमा हुने स्थानीय उपनिर्वाचनको उम्मेदवारी शुल्क तोकेको छ । पार्टीबाट उम्मेदवार बन्न चाहनेलाई शुल्क तिरेर फाराम भर्न रास्वपाले आह्वान गरेको छ ।
मेयर–उपमेयरको हकमा तीन हजार, पालिका अध्यक्ष–उपाध्यक्षको हकमा दुई हजार र वडाध्यक्षको हकमा एक हजार पाँच सय रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । कात्तिक २५ गते दिँउसो २ बजेभित्र फाराम बुझाइसक्नुपर्ने रास्वपाले जनाएको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै रास्वपाले सातै प्रदेशमा नेतृत्व पनि तोकेको छ । जसअनुसार कोशीमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की र बागमतीमा शिशिर खनाललाई जिम्मेवारी दिइएको छ । गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठ तोकिएका छन् ।
प्रतिक्रिया