महाबु गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले झलक भण्डारीलाई उम्मेदवार बनाउने
आउँदो १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ ।
जिल्ला संसदीय समितिको बिहीबारको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट अध्यक्षका लागि १५ जना आकांक्षी थिए ।
भण्डारीलाई सर्वसम्मतरूपमा अध्यक्ष पदको उम्मेदवार बनाइएको कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले जानकारी दिए । यसअघि महाबु गाउँपालिकाका अध्यक्षमा कांग्रेसका लक्षुमण गुरुङ निर्वाचित भएका थिए ।
कर्णाली प्रदेशमा तीनवटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख र पाँच वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया